एजेन्सी- बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।
बुधबार बिहान ५४ वर्षीय खानको मुम्बईको कोकिला वेन धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।
भारतीय मिडिया हिन्दूस्तान टाइम्सका अनुसार उनी मंगलबार नै अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई कोलोन संक्रमणको कारण अस्पतालको आइसीयु वार्डमा भरमा गरिएको थियो ।
सन् २०१८ मा उनलाई न्यूरो इंडोक्राइन ट्यूमर देखिएको थियो ।
कैयौं महिनाको उपचारपश्चात सन् २०१९, अप्रिलमा उनी भारत फर्किएका थिए ।
केही दिनअघि उनकी ९५ वर्षीया आमाको निधन भएको थियो र लकडाउनको कारणले इरफान अन्तिम संस्कारमा सहभागी हुन सकेका थिएनन् ।
उनले आफ्नो आमालाइ भिडियोकलमार्फत अन्तिम श्रदाञ्जली दिएका थिए ।
भारतीय चलचित्रमा आफ्नो भूमिकाका लागि प्रशंसित अभिनेता इरफानले स्लमडग मिलियनेर, जुरासिक वर्ल्ड, द अमेजिंग स्पाइडर म्यान र लाइफ अफ पाई जस्ता थुप्रै अन्तर्राष्ट्रिय ब्लकबस्टरहरूमा पनि संलग्न थिए ।
इरफानले ‘पान सिंह तोमर’, ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लंच बॉक्स’, ‘पीकू’, ‘तलवार’, ‘हिंदी मीडियम’ जस्ता सफल फिल्महरूमा अभिनय गरेका छन् । उनले ‘पान सिंह तोमर’ बाट राष्ट्रिय पुरस्कार र पद्मश्री पनि प्राप्त गरिसकेका छन् ।
प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्