कञ्चनमा स्थानियहरुलाई हात धुन सिकाउने अभियान संचालन

कञ्चनमा स्थानियहरुलाई हात धुन सिकाउने अभियान संचालन

कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकाले नोबल कोरोना भाईरस कोभिड १९ को सम्भावित संक्रमणबाट सुरक्षित हुन स्थानियहरुलाई हात धुन सिकाउने अभियान संचलान गरेको छ।
कञ्चन गाउपालिका वार्ड नं।४ का विभिन्न टोलहरुमा गई स्थानियहरुलाई लकडाउनका बेला घरमै बसि सुरक्षित हुन र पोषिलो खानेकुरा खानु पर्ने र अत्यावस्यक काममा बाहेक वरपर कसैको घरमा पनि नजाने जस्ता जनचेतना मुलक शन्देसबारे जानकारी दिदै साबुन पानीले हात धुन सिकाइएको हो।
सामान्य रुघा खोकी लागेको अवस्था कोरोना नै भएको भनी नआत्तिन र रुघा खोकी लागेको समयमा घरमै आराम गरि बेलाबेलामा तातो पानी पिउने गर्नाले सन्चो हुने बताउदै रुद्रपुर स्वास्थ्य चौकीका ईन्चार्ज बिमला पाण्डेले स्वास्थ्य चौकीमा आफ्नो स्वास्थ्य जाँच गर्न आउनु पर्ने समेत सुझाब दिनु भएको छ।
कञ्चन गाउपालिका वार्ड नं। ४ का वडा अध्यक्ष तथा रुद्रपुर स्वास्थ्यचौकी ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा सिंह क्षेत्रीको नेतृत्वमा संचालित अभियानमा स्वास्थ्यचौकीका ईन्चार्ज बिमला पाण्डेले कम्तिमा ३० मिनेट सम्म साबुन पानीले मिचि मिचि हात धुने तरिका सिकाउनुका साथै महामारीको समयमा ब्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने विभिन्न स्वास्थ्य ब्यबहारहरु समेत स्थानिहरुलाई बताउनु भएको थियो।
घर वरिपरि सफा राख्ने,घरको सफाई,बेला बेलामा तातो पानी पिउने,शारिरीक ब्ययाम गर्ने जस्ता सामन्य स्वास्थ्य ब्यबहारहरु अपनाउन सके र घर बाहिरबाट आउदा र कुनै पनि काम गरिसके पछि साबुन पानीले राम्ररी हात धुने बानी बसाले विभिन्न सरुवा रोगहरुबाट वचन सकिने समेत पाण्डेले बताउनु भएको थियो।
वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले लकडाउनका बेला नेपाल सरकार र गाउपालिकाले जारी गरेका अनावस्यक रुपमा घर बाहिर ननिस्कने,आफन्तहरु कहि कतैबाट आएमा अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न गाउपालिकालाई सहयोग र सूचना दिने,रुघा खोकी लागेको अवस्थामा परिवारका अन्य सदस्यहरुबाट छुट्टै बस्ने र आराम गर्ने र स्वास्थ्यचौकीमा उपचारको लागि जाने जस्ता कार्यहरु गर्नु पर्ने सुझाब दिनु भएको थियो।

प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij