तनाव ब्यबस्थापन तथा सकारात्मक दृष्टिकोण तालिम अनलाइन बाटै सम्पन्न

तनाव ब्यबस्थापन तथा सकारात्मक दृष्टिकोण तालिम अनलाइन बाटै सम्पन्न

बुटवल-बुटवल लेडी जेसीसको आयोजनामा अनलाइन बाटै तनाब ब्यबस्थापन तथा सकारात्मक दृष्टिकोण सम्बन्धि तालिम सम्पन्न भएको छ। बुटवल लेडी जेसिजको नियमित कार्यक्रम अन्तर्गतको कार्यक्रम विश्वव्यापी कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीको पालना गर्दै अनलाइनबाटै गरिएको क्लब अध्यक्ष कल्पना पाण्डे कुसुमले बताइन ।

महामारीको बेलामा लामो समय घरमै बसिरहेका आफ्ना सदस्यहरुलाइ मानसिक रुपमा तनाव भइरहेको हुनसक्ने र यस्ता तालीमले सकारात्मक सोचको तर्फ उन्मुख गराउन सक्ने उनको भनाइ छ ।करिब ९० जना सहभागी भएको कार्यक्रममा आर्ट अफ लिभिङका प्रमुख प्रशिक्षक पवन नेपालले प्रशिक्षण दिएका थिए । नेपालले मानिस खुशी हुन र सफल जीवन जिउन सकारात्मक सोच राख्नु पर्ने र मानसिक रुपमा पनि स्वास्थ रहनुपर्ने बताए ।

जेसी कल्पना पाण्डे अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी लगायत पूर्व राष्ट्रिय अध्यक्षहरु प्रमुख सल्लाहकार, सल्लाहकार पूर्व अध्यक्षहरु ,मातृशाखा एवं बिभिन्न शाखाका पदाधिकारीहरु,एवं जेसीस सदस्यहरुको सहभागिता रहेको थियोे । कार्यक्रममा पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार सिनेटर राधिका पोखरेल,राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवं क्षेत्र घ का निरुपित कार्यकारिणी उपाध्यक्ष जेसी शोभा खरेल, पूर्व अध्यक्ष रुपा पाण्डे, निवर्तमान अध्यक्ष लक्ष्मी थापा, छिमेकी शाखा सिद्धार्थनगर लेडी जेसीजका अध्यक्ष जेसी तुलसा भूषाल लगायतले शुभकामना व्यक्त गर्दै सकारात्मक सोचका साथ अगाडि बढन सके मानिस सफल हुने बताएका थिए ।

कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीले योगा,ध्यान र प्राणायामको माध्यमबाट तनावरहित जीवन जिउन सजिलो हुने र हरपल खुशी रहन सकिने बताए । कार्यक्रम संस्थाका उपाध्यक्ष जेसी रुपा श्रेष्ठको आस्था पाठ, कार्यक्रम संयोजक जेसी महिमा कुँवरको स्वागत मन्तव्य र बुटवल महिला जेसिसको कोषाध्यक्ष जेसी पुष्पा पौडेलको धन्यवादमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन बुटवल महिला जेसिजका महासचिव जेसी अनुपमा श्रेष्ठले गरेकी थिइन । महासचिव श्रेष्ठले आगामी दिनमा पनि क्लबले जीवन सहज सरल र तनाव रहित जिउन सकिने खालका कार्यक्रम गरिने बताइन ।

प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij