काठमाडौं-विश्वभर कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या २ लाख २८ हजार नाघेको छ । संक्रमितको संख्या ३२ लाख १९ हजार २ सय ४० पुगेको छ ।
वल्डोमिटरस्ले विहीबार विहान प्रकाशित गरेको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा उच्च छ । त्यहाँ १० लाख ३७ हजार ९ सय ७० जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । त्यहाँ ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
हाल सम्म विश्वमा १० लाख निको भएर घर फकिएका छन् । हाल स्पेनमा २ लाख ३६ हजार ८ सय ९९, इटालीमा २ लाख ३ हजार ५ सय ९१, फ्रान्समा १ लाख ६६ हजार ५ सय ४१, बेलायतमा १ लाख ६६ हजार ४ सय ४१ लाई कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् ।
इटालीमा २७ हजार ६ सय ८२, बेलायतमा २६ हजार ९७, स्पेनमा २४ हजार २ सय ७५, फ्रान्समा २४ हजार ८७ जनाको मृत्यु भइसकेको छ । नेपालमा पनि ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ तीमध्ये १६ जना उपचारपछि निको भइसकेका छन् ।
नेपालमा सबैभन्दा बढी प्रदेश १ मा ३१ संक्रमित छन् । सबैको विराटनगरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्