क्वारेन्टाइनका कर्मचारी र प्रहरीलाई युवाहरुले प्रदान गरे सुरक्षा सामग्री

क्वारेन्टाइनका कर्मचारी र प्रहरीलाई युवाहरुले प्रदान गरे सुरक्षा सामग्री

तिलोत्तमा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तिलोत्तमा क्रियाशिल युवा नेताहरुले क्वारेन्टाइन र ड्यूटीमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई विभिन्न सुरक्षा सामग्री प्रदान गरेका छन् । कोरोनाको माहामारीका बेला उनीहरुले जोखिमपूर्ण अवस्थामा काम गरेको भन्दै विभिन्न सामग्री प्रदान गरिएको नेकपा तिलोत्तमा नगर कमिटी सदस्य प्रेम घर्तीमगरले जानकारी दिए ।
युवा नेताहरु राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं नेकपा रुपन्देही जिल्ला सचिवालय सदस्य माधव बस्नेत, नेकपा तिलोत्तमा नगर कमिटिका सदस्य प्रेम घर्ती मगर, प्रदिप थापा लगायत राष्ट्रिय युवा संघ रुपन्देहीका जिल्ला नेता युवराज पराजुली, डायमण्ड गिरि, गोपाल गैरे, सतिश सापकोटा, गोविन्द रेग्मीलगायतले तिलोत्तमा नगरपालिका र ओमसतिया गाउँपालिकामा रहेका क्वारेन्टाइनहरुको निरीक्षण गरी त्यहाँ कार्यरत कर्मचारी र चोकचोकमा खटिएर ड्युटीमा रहेका राष्ट्रसेवक प्रहरीहरुलाई सुरक्षित रहन आग्रह गर्दै विभिन्न सामाग्री टिस्यु पेपर, मेडिकल मास्क, ग्लोब, सेनिटाइजर, साबुन र मिनरल वाटर लगायतका सामग्री प्रदान गरिएको हो ।
यसैबीच राष्ट्रिय युवा संघ तिलोत्तमाले संघका केन्द्रीय सदस्य माधव बस्नेतको जन्मदिन मनाउने खर्च क्वारेन्टाईनमा सहयोग गरेको नेकपा नगर कमिटी सदस्य प्रेम घर्तीमगरले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, बैशाख १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij