बुटवल : स्वच्छ, सफा, सुन्दर, हराभरा, लागुऔषध तथा दुव्र्यसनी न्यूनीकरण गर्ने उद्देश्यका साथ थालिएको अरनिको राजमार्ग सफाइ अभियानमा आज ११ टन फोहर सङ्कलन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा आज भएको उक्त अभियान जिल्लाको मध्यपुरथिमि नगरपालिकाअन्तर्गत कौशलटारदेखि गठ्ठाघरसम्मकके सो राजमार्ग सफाइ गरिएको हो ।
सफाइ अभियानमा करीब ३७५ जनाको सहभागिता रहेको थियो । जसमा विभिन्न सरकारी सङ्घसंस्था, गैरसरकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
एक महीनासम्म नियमितरूपमा सञ्चालन गरिने सफाइ अभियानले भक्तपुरलाई समृद्ध बनाउने एउटा महत्वपूर्ण कदमको रुपमा लिइने बताइएको छ । त्यस्तै हनुमन्ते नदीको ३९औँ हप्ताको अभियानसमेत सोही अरनिको राजमार्ग सफाइ अभियानसँगैै संयुक्तरूपमा सञ्चालन गरिएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्