काठमाडौं
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य परीक्षण गराउन सूचना जारी गरेको छ। शाखाले स्वास्थ्य सेवा विभाग टेकुमा गएर स्वास्थ्य परीक्षण गराउन कामदारलाई अनुरोध गरेको छ। शाखाले सूचना जारी गर्दै ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने अनुमति प्राप्त वैध प्रवेषाज्ञा भएका हाल विदामा नेपाल रहेका कामदारलाई उक्त कुरा जानकारी गराएको हो। निज व्यक्ति स्वास्थ्य परीक्षण गराई आफ्नै खर्चमा चार्टड उडानबाट कोरिया जान स्वीकृति दिने नेपाल सरकारले निर्णय गरिसकेको छ।
प्रकाशित मिति : बिहिबार, बैशाख १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्