लियो क्लब अफ बुटवल सेन्ट्रलको २०२०—२१ कायर्यकाल को लागि निर्वाचन सम्पन्न ।

लियो क्लब अफ बुटवल सेन्ट्रलको २०२०—२१ कायर्यकाल को लागि निर्वाचन सम्पन्न ।

 

बुटवल ।
लियो क्लब अफ बुटवल सेन्ट्रलले अनलाईन बैठकबाट वर्ष २०२०—२१ को लागि नयाँ नेत्रित्व चयन गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको पुर्ण पालना गर्दै क्लबले आज निर्वाचन सम्पन्न गरेको छ ।

बर्ष २०१९—२० का प्रस्तावित अध्यक्ष अर्थात पहिलो उपाध्यक्ष चिरन अर्याल लाई आज सम्पन्न निर्वाचनले अध्यक्षमा निर्वाचित गरेको छ । अर्याल रुपन्देहीका युवा व्यवसाय साथै विभिन्न अन्य सामाजिक संघसस्था चिरपरिचित व्यक्ति हुँनुहुन्छ । साथै क्लबले प्रथम उपाध्यक्षमा हिमाल खनाल, सचिवमा विशाल पाण्डे, र कोषाध्यक्षमा कृष्ण प्रसाद घिमिरेलाई निर्वाचित गरेको छ । साथै क्लबले अन्य बाँकि रीक्तपदमा क्लबको पहिलो बैठकबाट क्लबको पदाधिकारीलाई पुर्णता दिने गरी बैठक सम्पन्न भएको वर्ष २०१९—२० का सचिव विकास टण्डनले जानकारी गराका थिए ।

निर्वाचनमा लायन्स क्लबका २०१९—२० का अध्यक्ष लक्ष्मण पोख्रेल, लियो क्लबका चाटर्ड अध्यक्ष लक्ष्मण पन्थी, पुर्व अध्यक्ष विजय आचार्य, पुर्व अध्यक्ष सौरभ भुषाल, पुर्व अध्यक्ष प्रकास प्रोख्रल, निवर्तमान अध्यक्ष बुद्धि कुँवर लागाएतको उपस्थितिमा निर्वाचन सम्पन्न भएको अर्यालले बताउनु भयो ।

साथै बैठकमा निर्वाचित अर्यालले क्लबले अगाडि सारेका हरेक कार्यक्रमहरुलाई निरन्तरता दिदै क्लबलाई अझ शसक्त रुपमा अगाडि बढनउने बताउनुभएको थियो

प्रकाशित मिति : बिहिबार, बैशाख १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij