तिलोत्तमामा मृगौलाको डायलाइसिस सेन्टर स्थापना हुने

तिलोत्तमामा मृगौलाको डायलाइसिस सेन्टर स्थापना हुने

 

बुटवल- गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रुपन्देहीको तिलोत्तमामा नेपालकै सबैभन्दा बडी क्षमता र सुविधासम्पत्र मृगौलाको डायलाइसिस सेन्टर स्थापना गर्ने भएको छ ।

तिलोत्तमा नगरपालिकामा स्थापना गरिने उक्त सेन्टरमा ७५ वटा डायलाइसिस मेसिन जडान गरिने छ । बिगत पा“च वर्षदेखि मृगौलाका बिरामीहरुको उपचार र डायलाइसिस गर्दै आएको अस्पतालले हाल २० वटा मेसिनबाट चा्रबीसै घन्टा सेवा प्रदान गरिरहेको छ । अस्पतालमा रुपन्देहीका मात्र नभई नवलपरासी, कपिलबस्तु, अर्घाखा“ची लगाएतका जिल्लाबाट समेत डायलाइसिस गर्नुपर्ने बिरामीहरु आउने गर्दछन । टाढाबाट आउनुपर्ने बिरामीहरुलाई रातिको समयमा डायलाइसिस सेवा लिन आउन र जान समस्या भएकोले तिलोत्तमामा नया“ डायलाइसिस सेन्टर स्थापना गर्ने प्रक्रिया अगाडि बडाइएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी गराउनु भयो ।

सेन्टरको स्थापना पछि एच.आई.भि.र हेपाटाइटीसका बिरामीहरुले समेत यहीबाट डायलाइसिस सेवा प्राप्त गर्ने छन । हाल एच.आई.भि.तथा हेपाटाइटीसका बिरामीहरुको मृगौलाको डायलाइसिस गर्नुपरेको अपस्थामा काठमाण्डौ जानुपर्ने बाध्यता छ । नया“ निर्माण हुने डायलाईसिस सेन्टरमा जडान गरिने ६० वटा मेसिनबाट सामान्य अवस्थाका बिरामी र १० वटा मेसिनबाट एच.आई.भि.र हेपाटाइटीसका बिरामीको डायलाइसिस गरिने अस्पतालका वरिष्ठ मृगौलारोग बिशेषज्ञ डा.रजत कायस्थले जानकारी गराउनु भयो । त्यसतै ३ वटा मेसिन संस्थापक सदस्य तथा विषिस्ट व्यक्तीका लागी छुटयाइनुको साथै २ वटा मेसिन इमरजेन्सी कक्षमा जडान गरिने छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरीने उक्त सेन्टरबाट स्तरीय र भरपर्दो सेवा प्रदान गर्नुको साथै बिरामीको सुविधा तथा मनोरन्जनको लागि विशेष ध्यान दिइएको छ । एकपटकमा डायलाइसिस गर्दा कम्तिमा ४ घन्टा समय लाग्ने भएकोले बिरामीहरुलाई सुविघा युक्त इलेकट्रीक बेड र हरेक बेडमा टेलिभिजन र वाइफाई जडान गर्नेगरीे योजना बनाइएको छ । करिब २५ करोडको लागतमा निमार्ण गरिने उक्त सेन्टरका लागि प्रदेश ५ सरकार, तिलोत्तमा नगरपालिका, रोटरी क्लब अफ सेन्ट्रल बुटवल र अन्य सहयोगी संघ संस्थाहरुको सहकार्य र स्थानिय बासीको सहयोगमा निर्माण कार्य सम्पन्न गरिने अध्यक्ष आलमले जानकारी गराउनु भयो । मुटु अस्पतालले बुटवलको साथै दाङको लमहीमा १० र पाल्पाको तान्सेनमा १० वटा मेसिन जडान गरि सेवा प्रदान गर्दै आएको छ । केही समय भित्र स्याङजाको वालिङमा पनि १० वटा मेसिन जडान गरि सेवा संचालन गर्ने अन्तिम तयारी रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij