बैशाख ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ मा वडा स्तरिय आधारभूत शहरी स्वास्थ्य केन्द्र भवन निर्माणको काम सुरु भएको छ । बासँगढिमा भ्याट बाहेक ३९ लाख लागतमा स्वास्थ्य केन्द्रको ४ कोठे भवन निर्माणको काम सुरु भएको हो । सैनामैना नगरपालिकाका वडा नं. ९ का वडा अध्यक्ष डोलराज भण्डारीले बुधबार भवनको शिल्यनाश गर्नु भएको हो अहिले प्रगती आमा समुहको भवनबाट स्वास्थ्य केन्द्रको सेवा सुरु भएको उँहाले जानकारी दिनुभयो । २ स्वास्थ्यकर्मी र १ कार्यालय सहयोगी सहित स्वास्थ्य केन्द्रमा अहिले सेवा सुरु भएको भण्डारीले बताउँदै यो आर्थिक वर्षमा भवन निर्माणको काम सम्पन्न हुने र भवनबाट नै सेवा हुने बताउँनुभयो । स्वास्थ्य केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने उँहाले बताउँनुभयो ।
यस्तै सैनामैना नगरपालिका वडा नंं. १,३ , ५ ,७ ,८ र १० पनि बहुवर्षिय योजनामा वडा स्तरिय आधारभूत शहरी स्वास्थ्य केन्द्र भवन निर्माणको काम सुरु हुने सैनामैना नगरपालिकाका योजनाशाखाका प्रमुख ईन्जिनियर सुरज न्यौपानेले जानकारी दिनुभयो । वडा नं. ८ ,९ र १० मा जय देउराली कन्ट्रक्सन प्रालीले १ करोड ४ लाख ११ हजार ८१ रुपैँयामा लागतमा निर्माण गर्ने छ ।
यस्तै वडा नं. ५ र ७ मा ७३ लाख ९३ हजार ३ सय ६४ लागतमा न्यू जगत्रदेखि निर्माण सेवाले भवन निर्माणको ठेक्का पाएको न्यौंपानले जानकारी दिनुभयो । यस्तै वडा नं. १ र ३ ८८ लाख ६२ हजार ८ सय ९९ रुपँैयामा न्यू जगत्रदेवि निर्माण सेवाले ठेक्का पाएको छ ।
सबै वडामा भवन निर्माणको काम सुरु हुने न्यौपानले बताउँनुभयो । वडा स्तरिय आधारभूत शहरी स्वास्थ्य केन्द्र भवन निर्माणको लागि स्वास्थ्य मन्त्रालयबाट बजेट आएको हो ।
सामाजिक दुरि कायम गर्दै योजनाहरु सञ्चालन हुने सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनु भएको छ ।
स्थानीय कामदार , आवशिय ब्यवस्थापन , समाजिक दुरि कायम , स्थानीय श्रोत साधनको उपलब्धताका आधारमा मात्र विकास योजनाका कामहरु सुरु हुने उँहाले बताउँनुभयो । कोरोना भाईरसको सक्रमण रोक्नको लागि गरिएको लकडाउने गर्दा नगरपालिकामा थुप्रै आयोजनाका कामहरु प्रभावित भएको पन्थीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, बैशाख १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्