विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार नजिक पुगेको छ। पछिल्लो तथ्या‌ंकअनुसार विश्वमा २ लाख ३३ हजार ९ सय ६६ जनाकाे ज्यान गएको छ।   त्यस्तै संक्रमितको संख्या ३३ लाख पार गरेको छ।  वर्ल्डोमिटर्सले आज सार्वजनिक गरेको तथ्यांक अनुसार ३३ लाख पाँच हजार संक्रमित पुगेका छन्। त्यस्तै बिहीबार सम्ममा संसारभरबाट १० लाख ३९ हजार मानिस निको भएका छन्। संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा ५ हजार ८ सय जनाको मृत्यु भएको छ। सोही अवधिमा विश्वमा ८५ हजार ९ सय ५७ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्।  अमेरिकामा कोरोना कारण २ हजार २ सय १ जनाले ज्यान गुमाएका छन्। ३० हजार ८ सय २५ जना नयाँ संक्रमित उपचारको लागि अस्पताल पुगेको छन्। अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८ सय ५६ रहेको छ। त्यस्तै त्यहाँ संक्रमितको संख्या १० लाख ९५ हजार छ।  स्पेनमा बिहीबार २ हजार ७ सय ४० जना नयाँ बिरामी थपिए भने २ सय ६८ जनाको मृत्यु भएको थियो। स्पेनमा हाल सम्म २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ। त्यहाँ २ लाख २९ हजार संक्रमित रहेका छन्। त्यस्तै इटालीमा १ हजार ८ सय ७२ जना नयाँ बिरामी थपिएको दिन २ सय ८५ जनाको मृत्यु भएको छ। इटलाीमा २७ हजार २ सय ६७ को ज्यान गएको छ। त्यहाँ २ लाख पाँच हजार बिरामी छन्।  बेलायतमा  ६ हजार ३२ जना कोरोनाका नयाँ संक्रमित देखिएका थिए। सोही दिन बेलायतमा कोरोनाका कारण ६ सय ७४ जनाले ज्यान गुमाएका थिए। फ्रान्समा बिहीबार ७ सय ५८ जना नयाँ बिरामी देखिएका थिए भने २ सय ८९ जनाको मृत्यु भएको थियो। जर्मनीमा १ हजार ४ सय ७० जना नयाँ संक्रमित थपिएको दिन बिहीबार त्यहाँ १ सय ५६ जनाको मृत्यु भएको थियो। टर्कीमा बिहीबार २ हजार ६ सय १५ जना नयाँ बिरामी थपिए। सोही दिन टर्कीमा ९३ जना मृत्युको कारण कोरोना भाइरस बनेको थियो। रुसमा पछिल्लो चौबिस घण्टामा ७ हजार ९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए भने १ सय १ जनाको मृत्यु भएको थियो। इरानमा बिहीाबर ९ सय ८३ जना कोरोनाका नयाँ बिरामीउ पचारको लागि अस्पताल पुगेका थिए। सोही दिन इरानमा कोरोनाका कारण ७१ जनाले ज्यान गुमाएका थिए। ब्राजिलमा बिहीबार ६ हजार १९ जना कोरोनाका नयाँ बिरामी थपिए भने ३ सय ९० जनाको मृत्यु भएको थियो। क्यानाडामा पछिल्लो चौबिस घण्टामा १ हजार ६ सय ३९ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। सोही अवधिमा क्यानाडामा १ सय ८८ जनाको मृत्यु कोरोनाबाट भएको थियो। पेरुमा बिहीबार ३ हजार ४५ जनामा कोरोना भाइरस संक्रमण देखियो भने १ सय ८ जनाले ज्यान गुमाए। भारतमा पछिल्लो चौबिस घण्टामा १ हजार ८ सय १ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा भारतमा ७५ जनाको मृत्यु भएको छ। बेल्जियममा बिहीबार ६ सय ६० जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने ९३ जनको मृत्यु भएको थियो। यस्तै, नेदरल्याण्ड्समा थप ५ सय १४ नयाँ संक्रमित देखिएको दिन बिहीबार ८४ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij