श्रमिकको कष्टकर अबस्थाप्रति सरकारको ध्यान जाओस् : कांग्रेस

श्रमिकको कष्टकर अबस्थाप्रति सरकारको ध्यान जाओस् : कांग्रेस

काठमाडौं

नेपाली कांग्रेसले लकडाउनका कारण श्रमिकको कष्टकर जीवनका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ ।

अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक बिज्ञप्ती मार्फत कांग्रेसले ‘लक डाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरुलाई अभिलम्व राहतको व्यवस्था गर्न’ सरकारलाई आग्रह गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाद्वारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ, ‘ नेपाल पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण लकडाउनको अवस्थामा रहेकोले सम्पूर्ण नागरिकको जीवन सहज हुन सकेको छैन । यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ ।’

२००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको स्मरण गर्दै बिज्ञप्तीमा ‘नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो’ भनिएको छ । ‘त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ’ सो बिज्ञप्तीमा उल्लेख छ । कांग्रेसले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिकहरुमा शुभकामना प्रकट गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij