बुटवल– विश्वका अधिकांश देश कोरोना भाइरसको कारण लक डाउन बाट गुज्रिरहेको बेला नेपालमा पनि आज लक डाउनको ३९ औ दिन हो । देशैभर लक डाउन पालना गराउन सरकारको जोड तोड प्रयास भईरहँदा सरकारले खाद्यन्न र सब्जी व्यापारीलाई भने सुरक्षा अपनाएर अति आवश्यक वस्तुको कमी हुन नदिन निर्देशन दिएको छ ।
तरकारी व्यापारीले पनि लक डाउन पालन गरेर आफूलाई सुरक्षित पार्न चाहे भने बजारमा तरकारीको हाहाकार नै मचिन्थ्यो । आफु कोरोना संक्रमणको जोखिममा परेर हरेकको घर -घरमा तरकारीको अभाव हुन नदिने व्यापारीको जिवन त्यति सहज भने पक्कै छैन । समाजिक दुरी कायम गरेर तरकारी बिक्री गरिरहेको विगत ४ वर्ष देखि तरकारी व्यापारमा लागेका २० वर्षीय तरकारी व्यापारी अक्लेस यादव बताउछन । घर चलाउन वृद्ध बुवाले नसक्ने देखे पछि कक्षा १० पास पछि माथि पढ्न उनलाई इछ्या हुँदा हुँदै पनि आर्थिक अवस्थाले दिएन, घरको जेठो छोरा भएको हुँदा भाई बहिनीको पढाई र आमा बुवा सहित पाँच जनाको परिवार चलाउन दैनिक १८ किलोमिटर साइकलको यात्रा गरे पछि मात्र आफ्नो व्यापार स्थल बुटवल उप महानगरपालिका आइपुग्छन । बाटोमा आउँदा जाँदा स्थानीय बासिन्दा र प्रहरीले रोक्ने गरेको र आफूले आफ्नो समस्या बताए पछि छोडीदिने गरेका छन ।
पछिल्लो समय तरकारी व्यापारी हवात्तै बढेको कारण खासै आम्दानी नभएको बताउने अक्लेस सुद्धोधन गाउँपालिका वाड नंबर ६ हलोवादीका बासिन्दा हुन । तरकारी व्यापारी मध्य पनि कतिले त आफैले उत्पादन गर्छन भने कतिले किनेर केहि नाफा राखेर बेच्ने गर्छन, रातिनै २ बजे उठेर सब्जी किनेर बिहान अरु व्यापारीहरु सँगै व्यापार सुरु गर्ने महिला व्यापारी बबिता चौधरी बुटवल १७ रानीगन्जको शिवनगर बस्तीमा सेक्टर नंबर ९ मा कोठा भाडामा बस्छिन । पहिले कपडा व्यापारी उनी लकडाउन पछि समस्या मा परेको र आफूले कुनै किसिमको राहत पनि नपाएकोले गर्दा छाक टार्न मुस्किल हुन थाले पछि २र४ सयको तरकारी किनेर तिलोत्तमा ३ मा रहेको मगरघाट अगाडी तरकारी बेच्न बस्ने गरेकी छिन ।दिनमा १०० पनि आम्दानी हुँदैन र दुःख मात्र धेरै हुन्छ अरु ठाउँमा ४र५पटक राहत पाउँदा आफूले एक चोटी पनि नपाउँदा समस्या भएको गुनासो गरिन ।
लक डाउनले विधार्थीलाई पनि छोडेको छैन । भगलापुर उच्च मा।वि मा कक्षा आठ मा अध्यनरत रमेश लोद नौ जनाको सदस्य भयको परिवारमा एउटा दाइले सिसाको र अर्को दाइले मिस्त्री काम गर्थे तर दाजुहरुको काम बन्द भए पछि घरमा नुन तेल गर्न गार्हो परेको कारण सब्जी व्यापार सुरु गरेका हुन।उनले दैनिक छ सात सय आम्दानी हुने बताउछन । पेशा परिवर्तन गर्ने मध्यमा चितवन स्थायी घर भई हाल कामको सिलसिलामा बुटवल उप महानगरपालिका १७ रानीगन्जमा भाडामा बस्दै आएका चौध वर्षीय करन सुनार आफ्नो ठूला बुवा र दाइसंग यहा बस्छन । मजदुरी गरेर घर चल्दथ्यो, बन्दले गार्हो भएर यो व्यापार शुरु गरेका हुन रोगले मरेनी मरीयला भोकले मर्नु भन्दा भनेर जोखिम मोलेर व्यापार गरेको उनको भनाई छ ।
अहिले व्यापारीहरुले ठेला,मोटरसाइकल साइकल र कतिपयले भने हिड्दै बोकेर समेतमा टोलटोलमा तरकारी पुर्याउने गरेका छन् ।
एकातर्फ व्यापारीहरुले घरघरमा अत्यावश्यक बस्तुको बिक्रि गरि सर्बसााधरणलाइ सहज बनाएका छन भने,अर्को तर्फ हरियो तरकारी अत्यावश्यक भन्दै घरघरमा पुर्याउँदा त्यसैबाट कोरोना सङ्क्रमण फैलिन सक्नेतर्फ सचेत हुनुपर्ने तर्फ हामि सबै सचेत हुन जरुरी छ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्