काठमाडौं
नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट कोही नतर्सिने बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा मन्तव्य दिने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई धम्की दिएकोप्रति कांग्रेस नेता थापाले त्यस्तो धम्कीबाट कोही नतर्सिने बताएका हुन् ।प्रधानमन्त्री ओलीले शुक्रबार मजदुर दिवसको अवसरमा आफ्नो वक्तव्य सार्वजनिक गर्दै सिंगै विश्व कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका थिए ।
प्रधानमन्त्री ओलीले परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्ने जोसुकैलाई पनि सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनताका लागि किमार्थ स्वीकार्य नहुने भन्दै ‘धम्की’ समेत दिएका थिए ।कांग्रेस नेता थापाले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नै महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेलेको आरोप लगाएका छन् । ‘वाह प्रधानमन्त्री पीएमनेपाल ज्यू महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थित बिगार्ने तपाईं १ गर्नुपर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं १ अनि धम्की ती खबरदारी गर्नेहरुलाई रु जो चोर उसैको ठूलो स्वर । कोही तर्सनेवाला छैन यो धम्कीबाट,’ कांग्रेस नेता थापाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रकाशित मिति : शनिबार, बैशाख २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्