तिलोत्तमा
रुपन्देहीमा कोरोना भाइरस संक्रकित भेटिएपछि तिलोत्तमा नगरपालिकाले जारी लकडाउनलाई थप कडाइ गर्ने भएको छ। नगरपालिकाले आज एक सूचना जारी गर्दै पास बाहेकका सवारीसाधन नगरभित्र नचलाउने, बिना काममा नरोक्ने र सामग्री खरिद गर्न पसल जादा सवारी लिएर जान नपाउने नियम बनाएको छ। लकडाउनको कडाइ गर्दै नगरले किरानाका पसलहरु सातामा ३ दिन मात्रै सञ्चालन गर्ने जनाएको छ। सोमबार बुधबार र शुक्रबार हरेक बिहान ६ बजे देखि ९ बजे सम्म मात्रै खाद्यान्न तथा किराना पसलहरु सञ्चालन हुनेछन्। नगरक्षेत्र बाहिरका तरकारी तथा फलफूल र दुग्धजन्य पदार्थ बेचबिखन भएको कारबाही गरिने भएको छ। लकडाउनको अवज्ञा भइरहेको गुनासो आएपछि थप नगरपालिकाले लकडाउनलाई थप कडा बनाउने नीति अख्तियार गरेको हो। साथै नगरपालिकाले नगरक्षेत्र भित्रका विद्यालयहरुलाई नतिजासमेत प्रकाशन नगर्न निर्देशन दिएको छ। यसअघि जारी लकडाउनमै पनि केहि विद्यालयहरुले नतिजा प्रकाशन गरेको भन्दै उनीहरुलाई कारणसहित ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ। नगरपालिकाले अत्यावश्यक कामको लागि बाहिर जाँदा सामाजिक दूरी कायम गर्नसमेत पनि नगरबासीमा आग्रह गरेको छ।
प्रकाशित मिति : शनिबार, बैशाख २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्