जङ्गली च्याउ खाँदा चितवनमा १२ जना बिरामी, २ काे अवस्था गम्भीर

जङ्गली च्याउ खाँदा चितवनमा १२ जना बिरामी, २ काे अवस्था गम्भीर

चितवन
जङ्गली च्याउ खादाँ चितवनमा १२ जना बिरामी भएकाछन् । जङ्गली च्याउ खाँदा बिरामी भएका दुई परिवारका १२ जनाको चितवनमा उपचार भइरहेको छ । बिरामीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनाका डीएसपी एकनारायण कोइरालाले बताउनुभयो ।

जङ्गली च्याउ खाँदा चितवनको कालिका नगरपालिका ३ को पदमपुरका सात जना बिरामी भएका हुन् । उनीहरुले घर नजिकैको जङ्गली च्याउ खाएका थिए । जङ्गली च्याउँ खाँदा पदमपुरका ३४ वर्षीय शिव चौधरी, २७ वर्षीया समीक्षा चौधरी, २४ वर्षीया अनिता चौधरी, २५ वर्षीय निरजकुमारी चौधरी, ४० वर्षीया सीतावती देवी, ४५ वर्षीय लखन चौधरी र २७ वर्षीया पूजा चौधरी बिरामी भएका हुन् ।

उनीहरुको अहिले भरतपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये २४ वर्षीया अनिता चौधरीको अस्था गम्भीर रहेको भरतपुर सामुदायिक अस्पतालका डाक्टर महेन्द्र अग्रहरीले जानकारी दिनुभएको छ ।

त्यस्तै जङ्गली च्याउ खाँदा भरतपुर महानगरपालिका २९ को जुगेडीका पाँच जना बिरामी भएका छन् । उनीहरुले शनिबार साँझ घर नजिकै रहेको वनबाट टिपेर ल्याएको जङ्गली च्याउ खाएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उहाँका २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरीहरु १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ रहेका छन् ।

च्याउ खाएसँगै बिरामी परेपछि उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । बिरामीमध्ये वीरबहादुरको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको प्रहरीले बताएको छ

प्रकाशित मिति : सोमबार, बैशाख २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij