बुटवल
लुम्बिनी प्रादेशिक अस्पताल सित समन्वयमा प्रदेश सरकारले धागो कारखानमा सञ्चालन गरेको कोरोना अस्पलालमा उपचार गराइरहेका कोभिड–१९ संक्रमित २५ वर्षीय युवा अस्पतालभित्र नाच्दै सबैको दिन बिताउन सहज भएको छ ।
बुटवलको कोरोना अस्पतालमा भर्ना भएका रुपन्देहीको कोटहीमाइ गाउँपालिकाका संक्रमित युवा अस्पतालभित्र नाच्दै बिताइरहेका छन
उनको दैनिकी बिरामीको जस्तो छैन । उनी नाचगान गरेर दिन बिताइरहेका छन् । ‘संक्रमित भइहालियो,’ उनी भन्छन्, ‘अब खुसी भएर यसलाई जित्नु छ ।’ रुपन्देहीको कोटहीमाई गाउँपालिका १ का युवाले आत्मबल बढाउन रमाइरहेको बताए ।
गत शुक्रबार काठमाडौंमा उनको स्वाब परीक्षण गरिएको थियो । त्यसबाट उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा उनीमात्र छन् । एक्लै भएकाले निराश हुन नदिन उनलाई काउन्सिलिङ गर्ने र गीत बजाइने गरिएको छ । मन पर्ने गीत बजेपछि शय्यामा रहेका युवा उठेर नाच्न थाल्छन् ।
त्यहाँ कार्यरत नर्सले उनी नाचिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । अहिले उनको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ । ‘
लुम्बिनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बिरामीलाई सकरात्मक ऊर्जा दिन नर्स तथा चिकित्सकीय टोली खटिएको बताए । ‘बिरामीलाई एक्लै बस्दा निराशा नहोस भनेर अस्पताललाई संगीतमय बनाएका छौं,’
संक्रमित युवाको संगीतमा रुची भएकाले नाच्ने गाउने गरेको उनले बताए । अस्पतालमा १६ जनाको चिकित्सकीय टोली छ । ‘पहिलो दिन केही हतास थिए,’ खनालले भने, ‘अहिले उनी ठीक छन् । हाँसेर बोल्छन् ।’
संक्रमित युवा भारतको दिल्लीमा रोजगारी गर्थे । लकडाउन लम्बिएपछि दिल्लीबाट नेपाल आएका थिए । उनी गत बैशाख ४ गते सिमावर्ती सम्मरीमाई गाउँपालिका–२ स्थित ठोटरी नाकाबाट राति लुकेर मुलुक प्रवेश गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्