कोरोना उपचारका लागि सेना र प्रहरीको अस्पताल प्रयोग गर्ने निर्णय

कोरोना उपचारका लागि सेना र प्रहरीको अस्पताल प्रयोग गर्ने निर्णय

बुटवल ।

 प्रदेश ५ सरकारले कोरोना संक्रमितको उपचारका लागि नेपालगन्जस्थित नेपाली सेना र नेपाल प्रहरीका अस्पताललाई प्रयोगमा ल्याउने भएको छ। संक्रमितको संख्या बढ्दै गएपछि मुख्यमन्त्री शंकर पोखरेल संयोजकत्वको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ती अस्पतालहरूलाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो।

बैठकले परीक्षणको दायरा बढाउँदै आवश्यक किट, स्वास्थ्य सामग्री, पर्सनल सेक्युरिटी इक्विपमेन्ट तथा औषधि उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले संयोजन गर्ने निर्णय गरेको छ। यस्तै, भारतबाट आउनेलाई सिधै आइसोलेसनमा राखी स्वाब संकलनको व्यवस्था मिलाउने र रिपोर्ट पोजिटिभ देखिए कोरोना विशेष अस्पतालमा र्पुयाउने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताउनु भयो ।

भारतबाट आउन सक्ने नेपालीलाई लक्ष्यित गरी पहिले निर्णय भएका बाँके र रूपन्देहीका साथै कपिलवस्तुमा समेत थप तीन हजार क्वारेन्टाइन बेड व्यवस्था गरिँदै छ। कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोरोना भाइरस कोभिड १९ रोकथाम तथा उपचार कोषबाट गर्ने र त्यसको व्यवस्था मन्त्रालयले मिलाउने बैठकको निर्णय छ।

प्रदेशमा खुला सीमा धेरै भएकाले सीमाक्षेत्रको सुरक्षासम्बन्धी जनशक्ति, आवश्यक सामग्री र आवासलगायत समस्याबारे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरी कार्ययोजना तयार गर्ने जनाइएको छ।

सेन्टरको बैठकले रोजगारी गुमाएकालाई काम दिने, स्थानीय श्रमिक प्रयोग गरी सञ्चालन गर्न सकिने निर्माण र उत्पादनसँग सम्बन्धित कार्य सञ्चालनका लागि प्रजिअहरूले सहजीकरण गर्ने, दक्ष मजदुरलाई प्रदेशका काममा उपयोग गर्ने र अदक्ष एवं अर्धदक्ष कामदारलाई स्थानीय पालिकाले उपयोग गर्ने निर्णयसमेत गरेको छ।

निर्माण सामग्रीहरूको ढुवानीका लागि प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्ने उल्लेख छ। यस्तै कृषकका लागि आवश्यक बीउ आयातमा पनि सम्बन्धित पालिकाहरूको सिफारिसमा प्रजिअहरूले सहजीकरण गर्नुपर्नेछ। विद्यालयहरूले सञ्चालन गरेको परीक्षाको नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउने र सञ्चालन नेपाल सरकारबाट भएको निर्णयको आधारमा गरिने सेन्टरको निर्णय छ।

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij