लायन्स क्लबद्धारा सहयोग वितरण

लायन्स क्लबद्धारा सहयोग वितरण

 

बुटवल ।

कोरोना भाइरसको कारण सृजना भएको विषम परिस्थितीमा “मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्ने उद्येश्यका साथ सामाजिक संस्था लायन्स क्लब बुटवल, लायनेस क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलले सयुत्तरुपमा सहयोग गरेको छ । संयुक्त रुपमा आयोजयना गरिएको कार्यक्रम अनुसार इलाका प्रहरी कार्याल कार्यालय मातहतमा रहेर सुरक्षार्थ खटिएका प्रहरीहरुलाई १ हप्ता सम्म निशुल्क खाजा, नास्ता प्रदान गरेको छ ।

कोभिड–१९ को जोखिम न्युनीकरणका लागि रात दिन जनताको सेवामा खटिएका प्रहरीहरुलाई लायन्स, लियो क्लवहरुले संयुक्तरुपमा निःशुल्क खाजा नास्ताको प्रबन्ध गरेका हुन ।

क्लवहरुले इलाका प्रहरी कार्यालय अन्र्तगत रहेका सबै अस्थायी तथा सथायी प्रहरी चौकी कार्यालयमा खटिएका विभिन्न दर्जामा कार्यरत प्रहरी जवानहरुलाई कार्यालय परिषरमा नै गएर खाजान, नास्ता, पानी लगायतका प्रबन्ध गरेका हुन ।

लायन्स बुटवलका अध्यक्ष नरेश कुमार श्रेष्ठका अनुसार सामाजिक सेवा भावले जनताको सुरक्षाको लागि खटिएका प्रहरीलाई सहयोग गर्नुपर्दछ भन्ने उदेश्यले एक साता सम्म सहयोग गरिएको जानकारी दिनुभयो ।

उहाँले विपत, महामारीका बेला एकले अर्कालाई मद्दत गर्न र सामाजिक सद्भाव कायम होस् भनि सानो सहयोग गरिएको बताउनुभयो । कोभिड–१९ को जोखिम हुन नदिन लायन्सले विभिन्न मानवीय सेवाका काम गरिरहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

बुटवल कोरोना बिशेष –अस्थाई अस्पताल मा औषधी वितरण गरेको छ । तिन ओटा क्लवहरुले बुबवलको आइसोलेसन विशेष अस्थायी अस्पतालको आई सि यू कक्षलाई चाहिने अत्यावश्यक औषधी सामाग्री समेत सहयोग गरेको छ ।

बुटवल प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईलाई सो औषधी सामाग्री हस्तान्त्रण गरेका थिए ,त्यसै गरी भिमसेन टोल बिकास रहेका १ सय १७ घर लक्षित वर्गलाई खाद्यान्न बितरण समितीकमा सभापति महेन्द्रराज भण्डारी लाई एकमुष्ट रुपमा हस्तान्तरण गरिएको थियो । प्रादेशिक अस्पतालका साबुन हस्तारण गरेको छ । बुटवल वडा न २ मा पनि दैनिक ज्यालादारी गरी खाने ३७ घरमा खाद्यान्न बितरण गरेको छ । बितरण कार्यक्रमा लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपाल पुर्व डिष्ट्रिक्ट गर्भरन एमजेएफ महेन्द्रनारायण श्रेष्ठ, डिष्ट्रिक्ट को चिफ एड्भाईजरद्धय एमजेएफ अर्जुमा शैजु र निर्मल लाकौल ,जोन चेसर्पसन दिनेश प्रसाद श्रेष्ठ,लायन्स आखाँ अस्पतालका सभापति रामेश्वर प्रसाद श्रेष्ठ, लायन्स क्लब अफ बुटवलका पूर्व अध्यक्ष अनिल प्रसाद श्रेष्ठ , लायनेश बुटवलका अध्यक्ष पुजन श्रेष्ठ ,लियो अध्यक्ष अबिनास श्रेष्ठको उपस्थीमा वितरण गरिएको हो ।
त्यसै गरी लायन्स बुटवलले आखाँ अस्पताल बाट अति बिपन्न गरिबको निशुल्क अपरेशन ,महीला पाठेघर निशुल्क औषधि उपचार , गरिब तथा जेहेदार निशुल्क शिक्षा ,चेल्डेन्न पार्क ,प्रत्तिक्षालय,जस्तै १ दर्जन समाजिक सेवा गर्दै आयको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij