रुपन्देही ।
लुम्विनी क्षेत्रमा गौहत्या गर्नेलाई कारवाही गर्न नेपाली कांग्रेसका प्रदेश सभा सदस्य फकरुद्धिन खानले प्रदेश सरकार संग माग गर्नुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के सि लाई बुधबार ज्ञापनपत्र बुझाउदै लुम्विनी क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्य खानले घटनाको सत्यतथ्य छानबीन गरी दोषिलाई कानुनको दायरामा अभिलम्व ल्याउन माग गर्नुभएको हो ।
लुम्विनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ जितवापुर गाउँको पूर्वमा रहेको पोखरीमा अन्यत्र गाई काटेर छाला र आन्द्रा पोको पारेर फालिएको अबस्थामा बैशाख २१ गते फेला परेको प्रदेश सभा सदस्य खानले जानकारी दिनुभयो ।
इस्लाम धर्मालम्वीहरुको पबित्र महिना रमजान चलिरहेको बेला भएको उक्त घृणित र अपराधिक कार्यले सम्पुर्ण मुश्लिम समुदायको गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले भत्सर्ना गर्नुभएको छ । सामाजिक सञ्जालमा लुम्विनी क्षेत्रमा बसोबास गर्ने सबै धर्म र समुदायबीच सामाजिक सद्भावमा खलल पुराउने सामग्री सम्प्रेषण नगर्न पनि उहाँले सम्पुर्ण धर्मालम्वी समुदाय संग अपिल गर्नुभएको छ ।
नेपाली कांग्रेसका युवा नेता समेत रहनु भएका रुपन्देही क्षेत्र नम्बर ५ को २ बाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य खानले लुम्विनी क्षेत्रमा बसोबास गर्ने सबै समुदाय बीच रहेको धार्मिक र सामाजिक सहिष्णुता,आपसी मेलमिलाप र सद्भाव आगामी दिनमा पनि कायम रहने बताउनु भएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्