बुटवल । पश्चिमाञ्चल टैंङकर व्यवसायी संघको आठौ अधिवेशन तथा तेहैं वार्षिक साधारण सभावाट पुनः राकेश कुमार कसौधनको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन गरिएकोे छ ।
संघको निर्वमान अध्यक्षमा हरि बहादुर कुंवर, वरिष्ठ उपाध्यक्षद्धयमा मोहमद खालिया मिया एम के , सर्वण कुमार गुरुङ, महा सचिवमा भुपराज अर्याल, सहमहासचिवमा प्रेम बहादुर घर्ति, सचिवमा खर्क बहादुर पुन, उप सचिवमा दिलिप कुमार अग्रहरी र कोषाध्यक्षमा धनेन्द्र पौडेल निर्वाचित हुनु भएको निर्वाचन समितकिा संयोजक चोप नारायण श्रेष्ठले बताए।
त्यसै गरि संघको कार्य सकिमति सदस्यमा मदनलाल तेली, टिका राम न्यौपाने, प्रेम राज गेरै, हरि प्रसाद सापकोटा, अनिल जैसवाल, नर बहादुर कुंवर, सतिश चन्द्र जैसवाल, सुमित श्रेष्ठ, सन्तोष खरेल, विकास ढुगांना, अभिषेक भारी, विजेन्द्र कुमार कशौधन, वलराम उप्रेती,, विष्णु पौडेल, र विरेन्द्र पुन चयन भए ।
त्यसै गरि संघको प्रमुख सल्लाहकारमा चोपनारायण श्रेष्ठ, सल्लाहकारमा पृथ्वी राज भुसाल, दयाशंकर प्रसाद कसौधन, पशुपति भारी, महेश्वराज पाण्डे, दुलीचन्द्र अग्रवाल, मारकण्ड प्रसाद कसौधन र रुद्र प्रसाद शर्मा चयन भए ।
त्यस अघि अधिवेशनको नेपाल आयल निगमका प्रदेश नम्बर ५ का प्रमुख सुरज शाहले पेटोलियम पदार्थ ढुवानीमा सहज गराउदै व्यवसायीको माग अनुसार वितरण प्रणालीलाई थप व्यवस्थित बनाउदै लगिने बताए ।
उनले पेटा«ेलियम पदार्थको ढुवानीमा लकिङ प्रणाली लागु गरिएपछि चुहावट नियन्त्रण भएको समेत बताए ।
संघका अध्यक्ष राकेश कुमार कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठ, निर्वतमान अध्यक्ष हरि बहादुर कुंवर पत्रकार यमलाल भुसाल, वरिष्ठ उपाध्यक्ष एम के मियाँ, भुपराज अर्याल लगाएतले पेट्रोलियम पदार्थको विक्री वितरणलाई व्यवस्थित बनाउदै लैजानु पर्नेमा जोड दिए ।
प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्