लुम्बिनीमा दश महिनामा ११ लाख पर्यटक

लुम्बिनीमा दश महिनामा ११ लाख पर्यटक

काठमाडौँ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सन् २०१८ को दश महीनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले भ्रमण गरेका छन् ।

लुम्बिनी विकास कोषकाअनुसार लुम्बिनी भ्रमणमा नेपालीको सङ्ख्या अत्याधिक रहेको छ । दश महीनाको अवधिमा आठ लाख ९२ हजार ३६१ जनाले लुम्बिनी भ्रमण गरेका छन् ।

यस्तै एक लाख ३२ हजार १८२ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । तेस्रो मुलुकका एक लाख २३ हजार ९३९ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीमा ९५ हजार ८२३ नेपालीले लुम्बिनी भ्रमण गर्दा १२ हजार ९८८ भारतीय र अन्य देशका नौ हजार ७१४ जनाले भ्रमण गरेका छन् ।

यस्तै सन् २०१८ को अक्टोबरमा ८८ हजार ५८२ नेपालीले भ्रमण गर्दा १६ हजार ९०८ जना भारतीय र अन्य देशका १८ हजार ३८८ जनाले भ्रमण गरेका छन् । कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले हरेक वर्ष लुम्बिनी भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै आएको जानकारी दिए ।

उनका अनुसार श्रीलङ्काका ३७ हजार १३ जनाले लुम्बिनी भ्रमण गरेका छन् । यस्तै म्यान्माका १४ हजार २२४ जनाले लुम्बिनी भ्रमण गर्दा थाइल्याण्डका १४ हजार ७७९ पर्यटकले भ्रमण गरेका छन् । यस्तै सन् २०१८ को अगस्तसम्म १० हजार ५७७ जना चिनियाँ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

उपाध्यक्ष त्रिपाठीले लुम्बिनी क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएको र पर्यटकमैत्री बनाइएका कारण पनि पछिल्ला दिनमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको जानकारी दिए । आगामी जेठभित्र गौतमबुद्ध विमानस्थलसमेत निर्माण सम्पन्न भई सञ्चालनमा आउने भएकाले पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने उनको दाबी छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी क्षेत्रको भौतिक विकासका लागि सरकारले दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेको छ । आगामी तीन वर्षभित्र लुम्बिनी गुरुयोजनालाई पूरा हुने गरी काम अगाडि बढाइएको छ ।

लुम्बिनी क्षेत्रभित्रको भौतिक पूर्वाधारको विकास, प्रचारप्रसारलाई समेत विशेष जोड दिइएको जानकारी दिँदै उनले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा लुम्बिनीसमेत विशेष प्राथमिकतामा रहेको बताए। रासस

प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij