JanataToday.com

Advertisment

SKIP THIS

गुल्मीमा गवारोको प्रकोप नियमित मकै बालि अनुगमन गर्न आग्रह

गुल्मीमा गवारोको प्रकोप नियमित मकै बालि अनुगमन गर्न आग्रह

गुल्मी -गुल्मीका केहि स्थानहरुमा लगाइएको मकै वालीमा गवारोको प्रकोप देखिएको छ। इस्मा गाउँपालिका वडा नं.-६, चौरासीमा कृष्ण प्रसाद घिमिरेले लगाएको करिब १८ रोपनिमा बसन्ते मकैमा त्यस्तै इस्मा गाउँपालिका वडा नं.-१, धुर्कोट गाउँपालिका वडा नं.-५, बस्तु, मदाने गाउँपालिका वडा नं.-४, म्यालपोखरी लगाएतका केहि स्थानहरुमा लगाइएको मकै बालीमा अनुगमनका क्रममा गवारो किरा देखिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीका प्रमुख नारायण काफ्लेले बताउनुभयो।

साथै समयमै यसको पहिचान गरि उचित व्यवस्थापन गरेको खण्डमा सम्भावित क्षति कम गर्न सकिने पनि बताउनु भयो। मकैमा लाग्ने गवारोका लार्भाहरु खैरो पहेलो, टाउको खैरों रंगको तथा पिठ्यूमा चारवटा खैरा धर्साहरु हुन्छन कुनै लाभ्रेको रङ हल्का पहेलो गुलाबी रंग मिसिएको पनि हुन्छन । माउ गंवारोको अगाडिका पखेटा हल्का खैरो रंगका र किनारमा मसिना काला थोप्लाहरु हुन्छन् ।

वयस्कहरुले डाठमा फुल पार्दछन् भर्खर निस्केका लाभ्रेहरुले पात खान्छन जस्ले गर्दा पातहरु छिद्र परेको देख्न सकिन्छ पछि यिनिहरु डाठ भित्र पसि गुवो खान्छन बिरुवाको टुप्पोमा लाभ्रेहरुले विष्ट्याएको पदार्थ देखिन्छ ।धान चमरा र घोगा लागे पछि त्यसमा पनि यो किराले क्षति पुर्याउने परियोजना कार्यान्वयन इकाई, गुल्मीका कृषि अधिकृत समिरसिँह बराई मगरले जानकारी दिनुभयो ।

साथै कृषकहरुलाई यो किराको क्षति बाट बच्नका लागि खेतबारीको नियमित अवलोकन गर्ने र यो किरा संक्रमित बोटहरु देख्नासाथ उखेलेर नष्ट गर्ने, मकै भाचेर ढोड काटे पछि ढोडका ठुटाहरु नष्ट गर्ने, गवारोको प्रकोप बढि हुने ठाउँमा बिउदर बढाउने तथा किरा कम लाग्ने जातका मकै लगाउने, नेपियर तथा मोलासेस घाँसहरु डिलहरुमा लगाउदा गंबारोको माउले यि बालीमा फूल पार्छ र मकै लाई कम क्षति हुन्छ। यि घाँसहरु पशुबस्तुलाई पोषिलो पनि मानिन्छन र यदि किराको प्रकोप बढि नै भएमा अन्तिम विकल्पको रुपमा कार्वोफ्युरान ३%G (फ्युराडन) बिषादी ३-४गेडा प्रति गुभोमा राखिदिने वा एक्सन ५०५ (क्लोरपाइरिपस५०%+साइपरमेथ्रिन ५%) बिषादी १.५ मि.लि.प्रति लि.पानीमा मिसाइ छर्न अनुरोध गर्नु भयो । प्राबिधिक सेवा तथा सल्लाहका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई तम्घास गुल्मीको कार्यालयमा वा ०७९५२०८६७, ०७९५२१०९० नंबरमा वा नजिकको पालिकाको कृषि शाखामा सम्पर्क गर्न पनि परियोजनाका प्रमुख काफ्लेले अनुरोध गर्नु भयो।

प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij