अमेरिकाले चीनबाट आउने पत्रकारहरुका लागि भिसा नियममा कडाइ गर्‍याे

अमेरिकाले चीनबाट आउने पत्रकारहरुका लागि भिसा नियममा कडाइ गर्‍याे

काठमाण्डाै – अमेरिकाले चीनबाट आउने पत्रकारहरुलाई शुक्रबार नयाँ भिसा नियम जारी गरेकाे छ । अमेरिकाबाट चीन जाने पत्रकारहरुसँग गरिएकाे व्यवहारकाे जवाफमा याे कदम उठाइएकाे अमेरिकाले बताएकाे छ ।

पछिल्लाे महिनायता अमेरिका र चीनले एकअर्का देशबाट आएका पत्रकारहरुलाई लिएर जवाफी कारबाही गरेका छन् । गएकाे मार्चमा चीनले केही अमेरिकी पत्रकारहरुलाई देश छाेड्न भनेकाे थियाे । ती पत्रकारहरु अमेरिकी अखबारकाे लागि काम गरिरहेका थिए ।

त्यसकाे एक महिनापछि  अमेरिकाले अमेरिकामा काम गरिरहेका चीन सरकारकाे नियन्त्रणमा रहेका पाँच वटा मिडिया आउटलेट्सलाई विदेशी दूतावासकाे दर्जा दिने बताएकाे थियाे । त्यसकाे एक दिनपछि चीनले वाल स्ट्रीट जनरलका तीन जना पत्रकारलाई निष्कासित गरिदियाे ।

निष्कासित गरिएकामध्ये दुई जना अमेरिकी र एक जना अस्ट्रेलियाली नागरिक थिए । चीनकाे याे फैसलालाई वाल स्ट्रीट जनरलमा छापिएकाे एक लेखसँग जाेडेर पनि देखाइएकाे थियाे । चीनले भने त्याे लेखलाई जातीयताकाे संज्ञा दिएकाे थियाे ।

शुक्रबार नयाँ नियम जारी गर्दै अमेरिकाकाे हाेमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले चीनमा स्वतन्त्र पत्रकारिताकाे दमन भइरहेकाे बताएकाे छ । याे नयाँ नियम साेमबारबाट लागू हुनेछ ।

याे नियम अनुसार चीनबाट आउने पत्रकारहरुलाई ९० दिनसम्म मात्र राेकिन सक्ने अनुमति दिइनेछ, यद्यपि भिसा अवधि बढाउन सक्ने अवधि पनि दिइएकाे छ ।

प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij