अर्घाखाँची – सन्धिखर्क नगरपालिकामा रहेको एक पशुपालन फर्ममा चट्याङ परेर आगालागी हुँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
आइतबार बिहान ४ बजेतिर परेको चट्याङले सन्धिखर्क नगरपालिका वडा नम्बर १० बेलटारीमा रहेको त्रिकन्या गौरी कृषि तथा पशुपंक्षी पालन फर्ममा आगालागी भएको फर्मका सञ्चालक बाबुराम पाण्डेले बताउनु भयो ।
आगालागीमा परेर एउटा जर्सी गाई मरेको र ९ वटा जर्सी गाई घाइते भएक छन् । घाइतेमध्ये चार गाईको अवस्था गम्भीर रहेको उपचारमा संलग्न पशु प्राविधिक प्रदिप आचार्यले बताउनु भयो ।
आगलागीमा जेनेरेटर, कुटानी पिसानी मिल, चापकटहर लगायतका मेसिनरी सामग्रीसहित दानाको गोदाम, गाई भैँसीलाई खुवाउने पराल, खर लगायत, फर्मका अन्य सामग्री जलेर नष्ट हुँदा १५ लाख भन्दा बढीको क्षति भएको फर्म सञ्चालक पाण्डेको दावी छ ।
प्रकाशित मिति : आइतबार, बैशाख २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्