रुपन्देहीमा ६ सहित ,नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३४ पुग्यो

रुपन्देहीमा ६ सहित ,नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३४ पुग्यो

काठमाण्डौ- नेपालमा आज एकैदिन २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
अहिले बेलुकी कपिलवस्तुमा थप ६ जना, रुपन्देहीमा ६ र बर्दीयामा एक जना गरी १३ जनामा कोरोना पुष्टि भएसँगै एकैदिन २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसअघि बिहानमात्रै कपिलवस्तुमा १० तथा सप्तरीमा एक जनामा कोरोना पुष्टि भएको थियो । यसअघि पर्साका १७ जनामा एकैदिन कोरोना पुष्टि भएपछि आज धेरै सङ्क्रमित भेटिएका हुन् ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । साथै रुपन्देही, समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष र बर्दिया राजापुरकी ११ वर्षकी बालिकामा कोरोना पुष्टि भएको हो ।रुपन्देही र कपिलवस्तुमा कोरोना पुष्टि भएका १२ जनालाई बुटवलमा रहेको कोरोना विशेष अस्पताल लैजाने तयारी गरिएको छ । यस्तै बर्दीयामा भेटिएका कोरोना सङ्क्रमितलाई बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा लैजाने तयारी गरिएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
आज बिहान कोरोना पुष्टि भएका कपिलवस्तुका १० जनालाई बुटवलको कोरोना अस्पताल तथा सप्तरीका युवकलाई गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।
अहिलेसम्म कोरोना पुष्टि भएकामध्ये ३३ जना निको भएर घर फर्किएका छन् । १२ हजार सात सय एक जना क्वरेण्टीनमा रहेको र एक सय ५३ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij