भारतीय अतिक्रमण विरुद्ध नेविसंघ सिद्धार्थनगरको प्रदर्शन

भारतीय अतिक्रमण विरुद्ध नेविसंघ सिद्धार्थनगरको प्रदर्शन

 

भैरहवा

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएको भन्दै नेपाल विद्यार्थी संघले भैरहवामा विरोध प्रदर्शन गरेको छ । सीमा मिचिँदा पनि थाहा नपाएझैं गरी चुप लागेर बस्ने वर्तमान सरकारको कार्यले थप शसंकित बनाएकोले विरोध प्रदर्शनमा उत्रिएको नेविसंघ सिद्धार्थनगर समितिका सभापति प्रतिक भण्डारीले बताउनु भएको छ ।

नेविसंघ सिद्धार्थनगरले बुद्धचोक, नारायणस्थान, मिलनचोक, देवकोटाचोक, बैंकरोड लगायतका स्थानमा विरोध प्रदर्शन गरेको जनाएको छ ।
विरोध कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान केन्द्रीय सदस्य लेखनाथ भट्टराईले सरकारले कुटनीतिक पहलमार्फत सीमा समस्याको समाधानतर्फ ध्यान नदिए भोलिका दिनमा अझ कडा संघर्षमा उत्रिन बाध्य हुने बताउनु भयो । भटटराइले भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर पुग्ने सडक निर्माण गरी उद्घाटन गर्दा पनि सरकार चुप बसेको आरोप लगाउनु भयो । वर्तमान सरकारले सीमा समस्या समाधानमा ध्यान नदिए सरकारको आयु समाप्त हुने दावी समेत विधार्थी नेताहरुले गरेका छन ।

प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij