बुटवल
विश्व भरी फैलीरहेको महामारी कोरोना भाइरसले लगाउने रोग कोभिड१९ को नमुना संकलन गर्न प्रयोग हुने “स्वाब स्टिक” लुम्बिनी इन्जिनियरिङ्ग कलेजको प्राबिधिक सहयोगमा स्थानिय तहमै उत्पादन गर्न सकिने एक अनुसंधानले देखाएको छ। अनुसंधानकर्ता राम बहादुर खड्का, उपेन्द्र अर्याल, रविन ज्ञवाली र डा. रुपेन्द्र श्रेष्ठ लगायतको समुहले बिगत केही हप्ता देखिअनुसंधान गर्दै आएको थियो। पछिल्लो समयमा स्वास्थ्य उपकरणहरु बिदेशबाट ल्याउनुपर्ने र सो कार्यको जटिलताले गर्दा समयमै सामाग्रीहरु नआइपुग्दा स्वास्थ्य परिक्षणमा निकै कठिनाइहरु पर्दै आएको कारणले यो अनुंसधान अगाडि बढाईएको कुरा अनुसंधानकर्ता राम बहादुर खड्काले बताउनुभयो। आज सो सामाग्रीको परिक्षण उत्पादन पश्चात उक्त सामाग्री लुम्बिनी इन्जिनियरिङ्ग कलेजका सदस्य सचिब डा.के. एन. पाण्डेद्वारा एक समारोहका बिच अनुंसधानटोलिलाई हस्तान्तरण गरिएको थियो। उक्त अनुंसधानटोलि लाई स्वाब स्टिकको नमूना प्रिन्ट गर्नका लागि थ्रीडी प्रिन्टर का अंन्वेषणकर्ता लुम्बिनी इन्जिनियरिङ्ग कलेज बि.इ. इलेक्ट्रिकल तर्फका तेस्रो सेमेस्टर का बिद्यार्थी बिशाल राम्दाम बि क.रोशन कुवर को समुहले उक्त स्वाब स्टिक प्रिन्ट गरि अनुसंधानमा सहयोग गरेका थिए। स्मरण रहोस थ्रीडी प्रिन्टर पुलचोक इन्जिनियरिङ्ग कलेजको राष्टव्यापी प्रतियोगितामा पनि उत्कृष्ट भई देशकै प्रथम स्थान हासिल गर्न सफल भएको थियो। अनुसंधानकर्ताका अनुसार राज्यको सहयोग भएको खण्डमा थ्रीडी मास्क, फेससेफ्टी ग्लास, भेन्टीलेटर, भाइरल ट्रान्सपोर्ट मेडिया,साथै आरएनए आइसोलेशन किटपनि स्वदेशमा नै उत्पादन गर्न सकिने बताउनुभयो।

प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्