काठमाण्डौ – लकडाउनका कारण बन्द रहेको शेयरबजार ५० दिनपछि खुलेको छ ।
सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेपछि केही शर्तसहित शेयरबजार खुलेको हो । तर कारोबार भने २ घन्टा मात्रै हुनेछ । ११ बजेदेखि १ बजेसम्म मात्रै कारोबार हुने नियामक निकाय धितोपत्र बोर्डले जनाएको छ ।
अब शेयर कारोबारमा २ प्रतिशतको वृद्धि आउनेबित्तिकै सर्किट ब्रेक लाग्नेछ । प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
नेप्से, केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) मर्चेन्ट बैंकरलगायतका कार्यालय भने आइतबारदेखि खुलिसकेका छन् । चैत ९ गतेसम्मको कारोबारमा नेप्से १२ सय ५१ दशमलव ४५ विन्दुमा रहेको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्