पिके अभिनेता साईको निधन

पिके अभिनेता साईको निधन

मुम्बई ।
आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘पिके’ का अभिनय गरेका साई गुंडेवारको निधन भएको छ । ४२ वर्षीय साईको मंगलबार अमेरिकामा निधन भएको हो ।
ब्रेन क्यानसरको उपचारका लागि गत वर्ष अमेरिका गएका उनको उतै मृत्यु भएको हो ।
चलचित्र ‘पिके’ का साथै उनले सैफ अलि खानको ‘बाजार’ र ‘रक अन’, सलमानको ‘युवराज’ लगायतका बलिउड चलचित्रमा पनि अभिनय गरेका छन् ।
एमटिभीबाट प्रसारण हुने चर्चित रियालिटी सोमध्ये एक ‘स्प्रिल्टसभिल्ला’बाट चर्चामा आएका उनले हिन्दी भर्जनका थुप्रै अमेरिकन रियालिटी सोमा पनि भाग लिएका छन् ।
उनलाई श्रद्धाञ्जलि दिँदै महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले उनको निधनले भारतीय चलचित्र क्षेत्रले एक प्रतिभाशाली कलाकारलाई गुमाएको बताएका छन् ।

प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij