गुल्मी जिल्ला पाँच दिनका लागि सिल

गुल्मी जिल्ला पाँच दिनका लागि सिल

गुल्मी ।
प्रदेश नम्बर ५ का जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गुल्मी जिल्ला पाँच दिनका लागि सिल हुने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले बिहीबार बिहान ६ बजेदेखि ५ गते मध्यरातिसम्म जिल्ला सिल गर्ने जनाएको छ ।

एम्बुलेन्स, शव वाहन, मृत्यु संस्कार, विद्युत्, सञ्चार र इन्धनबाहेकका गाडी जिल्ला भित्रन र बाहिरिन नदिने स्थानीय प्रशासनले जनाएको छ । बिरामी भएको अवस्थाबाहेक सर्वसाधारण घरबाहिर ननिस्कने, सहकारी र वित्तीय संस्था बन्द हुनेछन् ।

अत्याश्यक सामग्री किन्नको लागि बिहान ११ बजेदेखि १ बजेसम्म सामाजिक दुरी कायम गरेर पसल खोल्न मिल्ने प्रमुख जिल्ला अधिकारी भरत शर्माले प्रकाशित गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij