दाङ, मकवानपुर र सल्यानमा डुबेर तीन जनाको मृत्यु

दाङ, मकवानपुर र सल्यानमा डुबेर तीन जनाको मृत्यु

काठमाडौं ।
दाङ, मकवानपुर र सल्यानमा डुबेर तीन जनाको मृत्यु भएको छ । दाङ, गढवा गाउँपालिका-३ भैसाखुट्टी बस्ने ५५ वर्षीय हरिबहादुर थापाको सोही ठाउँस्थित सुपैलाखोलामा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

मकवानपुर, बकैया गाउँपालिका-७ मानदमार बस्ने १४ वर्षीय सुकलाल बलको सोही गाउँपालिका-८ खजुरीदमारस्थित बकैया खोलामा पौडी खेल्ने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनायो ।

सल्यान, कालिमाटी गाउँपालिका-३ चौरी बस्ने प्रेमबहादुर ओलीको ५ वर्षीय छोरा हेमान्स ओलीको घर नजिकै रहेको पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

घटनाको प्रहरीले थप अनुसन्धान सुरु गरेको जनायो ।

प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij