बुटवल
कोरोना भाइरसको उच्च जोखिम बढे संगै रुपन्देहीको सियारी गाउँपालिकाले लकडाउनलाई थप कडाई गर्ने भएको छ । छिमेकी गाउँपालिकाहरुमा कोरोना भाईरसका संक्रमितको संख्या बढ्दै गएकोले गउँपालिकामा लकडाउन थप कडाई गर्ने निर्णय भएको हो ।
लकडाउन अवधीभर दैनिक उपभोग्य समान खरिद विक्रीका लागि विहान १० बजे देखि ३ बजे सम्म समाजिक दुरी कायम राखि किनमेल गर्न, होटेल रेष्टुरेण्ट बन्द राख्न, मदिरा पसल बन्द राख्न र औषधी पसल नियमित खोल्न, पानी, कृषिजन्य तथा विपद सामाग्री उत्पादन बाहेकका उद्योग सञ्चालन नगर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएको र यस युद्ध जित्नु पर्ने भएकोले संघिय, प्रदेश र स्थानीय सरकारले जारी गरेका निर्देशन पालना गर्न गाउँपालिका अध्यक्ष अयोध्या थारुले सबै गाउँपालिका बासिहरुलाई अग्रह गर्नु भयो ।
लकडाउनको मौका छोपी हुन सक्ने चोरी, तस्करी, वन अतिक्रमण तथा वन विनास, सार्वजनिक जग्गा अतिक्रमण तथा अन्य अवाञ्छित क्रियाकलापहरुको निगरानी र नियन्त्रण सम्बन्धि कार्य प्राथमिकताका साथ गर्ने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो । हुन सक्ने कलाबजारीलाई नियान्त्रण गर्न बजार अनुगमन गर्ने उहाँको भनाई छ ।
कोरोना भाइरको जोखिम बढे संगै सियारी गाउँपालिकामा उच्च सतर्कता अपनाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टाराईले बताउनु भयो ।
यस अघि भारतीय सीमासँग जोडिएका पालिकाहरूमा कोरोना संक्रमित थपिँदै जान थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रुपन्देहीका सात वटा पालिकाहरूमा आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरूको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा पाँच दिनसम्म आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो। प्रशासनको उक्त निर्णय बुधबारदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुने छ। सिद्धार्थनगर नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकासँगै सम्मरीमाई, मर्चवारी, कोटहीमाई, मायादेवी र रोहिणी गाउँपालिकामा आवागमन बन्द गरिएको हो।
प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्