कञ्चन-नोवल कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोकथाम तथा पुर्ण रुपमा न्युनिकरण गर्नेबारे रुपन्देहीको कञ्चन गाउपालिकामा क्रियाशिल बिभिन्न राजनैतिक दलका प्रतिनीधिहरुको सर्बदलिय बैठक बस्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चन गाउ कार्य समितिका अध्यक्ष भरतमणी सापकोटाको अध्यक्षतामा बसेको बैठकले कञ्चनमा लागु गरिएको लकडाउनलाई पुर्ण रुपमा पालना गर्न गराउन गाउपालिकालाई शिल गर्नु पर्ने सुझाव दिने निर्णय गरेको छ।
छिमेकी गाउपालिका गैडहवामा एकै घरका ९ जना र अन्य १ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएकोले कञ्चन गाउपालिका पनि कोरोना संक्रमणको जोखिम उन्मुख रहेको ठहर गर्दै कञ्चन गाउपालिकालाई पुर्णरुपमा शिल गर्नु पर्ने सुझाव सहित गाउपालिकामा ज्ञापनपत्र बुझाउने सर्बदलिय बैठकले निर्णय गरेको छ।यस्तै कोरोना भाइरस नियन्त्रणका लागि गाउपालिका स्तरिय सर्बदलिय कोरोना भाइसर रोकथाम तथा नियन्त्रण संयन्त्र गठन गर्नु पर्ने भन्दै बैठकले हरेक वडामा छिमेकी देश भारत लगायत तेश्रो मुलुकबाट आउने ब्यक्तिहरुको खोजतलास गरी उनिहरुलाई क्वारेन्टाइनमा राख्न्ु पर्ने र बिषम परिस्थितीको समाधान र नयुनिकरणको लागि सर्बदलिय बैठक मार्फत छलफल र समन्वय गर्नको लागि गाउपालिकामा ज्ञापन मार्फत अनुरोध गर्ने बैठकले निर्ण गरेको छ।
कञ्चन गाउपालिकामा कोरोना भाइरसको संक्रमणलाई रोक थाम गर्न सुरक्षा प्रसासनले मात्र सम्भव नभएकोले नगर प्रहरीको ब्यबस्था गरी कञ्चनमा प्रबेश गर्ने हरेका नाकाहरुमा सुरक्षा ब्यबस्था गर्नु पर्ने र गाउपालिका बाहिरबाट काम गर्न आउने ज्यालदारी कामदार सम्बन्धित ठेकेदार मार्फत गाउपालिकामा प्रबेश नगराउन र कुनैपनि कामकाजमा संलग्न नगराउन अनुरोध गर्दै गाउपालिका भन्दा बाहिरबाट कुनैपनि तरकारीजन्य बस्तुहरुको बिक्रीबितरणमा रोक लगाउन गाउपालिका र छिमेकी गाउपालिकालाई समेत अनुरोध गर्ने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चन गाउ कार्य समितिका अध्यक्ष भरतमणी सापकोटाले जानकारी दिनु भएको छ।
यसैगरी गाउपाकिाका बिभिन्न स्थानहरुमा मानिसहरु जम्मा भई मादक पदार्थ सेवन गर्ने अनधिकृत मानिसहरुको आवत जावतमा कुनै पनि कमी नआएकोले गाउपालिकालाई ती कार्यहरुमा कडाइका साथ रोक लगाउन बिशेष सयन्त्र निर्माण र नगर प्रहरीको ब्यबस्था गरी नियन्त्रण गर्न लगाउन गाउपालिकालाई ज्ञापनपत्र बुझाउने कार्यक्र रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चन गाउ कार्य समितिका अध्यक्ष सापकोटाले बताउनु भएको छ।
महामारीको रुपमा बिश्वभर फैलिरहेको कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्नु हामी सबैको दायित्व यस्तो बिषम परिस्थितीमा गाउपालिका र जनता बिचको समन्वनै बढी महत्वपुर्ण हुने भएकोले गाउपालिकासंगको सहकार्यमा बिशेष सयन्त्र बनाई लकडाउनको मौका छोपी हुने अनधिकृत कार्य र गतिबिधिहरुलाई पुर्ण रुपमा रोकथाम गर्न आवस्यक रहेको बताउदै नेकपा माओबादी क्रान्तीकारीका गिर बहादुर थापाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सर्बदलिय सयन्त्र निर्माणका लागि गाउपालिकालाई अनुरोध पत्र सहितको ज्ञापन पत्र बुझाइने बताउनु भएको छ।
संयन्त्र गठनमा ढिलाई भइसकेको छ अझ ढिलाई भयो भने कञ्चन गाउपालिकामा भयाभह स्थिती आउन सक्ने भएकोले गाउपालिकामा रहेका बिभिन्नटोल बिकास, युवा क्लव,आमा समूह र संघसंस्थाहरुसंगको समन्वयमा गाउपालिका स्तरिय कोरोना भाइरस नियन्त्रण तथा रोकथाम संयन्त्र गठन गरिनु पर्ने राष्ट्रिय जनमुक्ती पार्टीका लिलाराम खनालले बताउनु भएको छ।
सर्बदलिय बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चन गाउ कार्य समितिका बिनोद कुमार पुन,राष्ट्रिय जनमोर्चाका लिलाराम खनाल र कोष प्रसाद पौडेल,राष्ट्रिय जनमुक्ती पार्टीका रुम बहादुर फौजा र कृष्ण बहादुर फौजा,नेपाली कांग्रेसका यम बहादुर क्षेत्री र गंगा बहादुर थापा,जनता समाजबादीका सोमनाथ पौडेल र नेकपा माओबादी क्रान्तीकारीका गिर बहादुर थापा र जित बहादुर क्षेत्रीको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्