पछिल्लो चौबीस घण्टामा साढे १२ सयको कोरोना परीक्षण

पछिल्लो चौबीस घण्टामा साढे १२ सयको कोरोना परीक्षण

काठमाडौं ।
पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा एक हजार २ सय ५० जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट २३ हजार ९१४ जनाको नमुना परीक्षण गरिएको जानकारी दिए । उनले हालसम्म आरडीटी विधिबाट ६३ हजार ८५ वटा गरिएको कोरोना परीक्षण गरिएको बताए । हालसम्म कोरोना संक्रमितको संख्या २ सय ५८ छ । जसमा २ सय १० पुरुष र ४८ महिला छन् ।मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी कोरोना संक्रमण देखिएको प्रदेश २ छ । जसमा सयजना छन् । भने हालसम्म एकजना पनि कोरोना संक्रमण नदेखिएको कर्णाली प्रदेश छ ।

कोरोना संक्रमण निको हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जनाएको छ । आज देशैभरका विभिन्न अस्पतालका आइसोलेसनमा २६७ जना छन् । जसमा काठमाडौं उपत्यका २७ जना छन् । उपत्यका बाहिर २४० जना छन् । आज देशैभरका विभिन्न जिल्लाका क्वारेन्टाइनमा १५ हजार ६८३ रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij