तानसेन ।
सिमावर्ती जिल्ला रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि पाल्पा जिल्लालाई सिल गरिएको छ । सिमा जोडिएका जिल्लामा दिन प्रतिदिन कोरोना भाइरस संक्रमित बढ्दै गएपछि जिल्लालाई उच्च जोखिममा रहेको ठहर गर्दै शनिबार बिहानदेखि लागू हुनेगरी स्थानीय प्रशासनले जिल्लालाई सिल गरेको हो । यसअघि कपिलवस्तुसंग जोखिम बढेको भन्दै अर्घाखांची र बाग्लुङबाट जोखिम हुने भन्दै गुल्मीले जिल्ला सिल गरिसकेका छन् ।
जेठ ५ गते राति १२ बजेसम्मका लागि पुरै जिल्ला सिल गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो । रुपन्देही र कपिलवस्तुका विभिन्न स्थानमा संक्रमण देखिएपछि कोरोना भाइरस संक्रमण रोकथामका लागि गठित जिल्लास्तरीय समिति ९सीसीएससी० को बैठकले अन्य जिल्लासँगको आवतजावत पूर्ण रुपमा बन्द गरेको प्रजिअ सुबेदीले बताउनु भयो। सुवेदीका अनुसार औषधिबाहेकका अन्य सबै आयात र निर्यातमा समेत रोक लगाइएको छ ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनु भयो । सुबेदीका अनुसार अर्घाखाँची, गुल्मी र स्याङ्जाका सीमा क्षेत्रमा बिशेष निगरानी बढाइने छ ।
शुक्रबारको बैठकमा प्रदेश सांसद, स्थानीय तहका प्रमुख, स्थानीय राजनीतिक दलका प्रमुख लगायत सर्वदलीय सर्वपक्षीय सहभागिता थियो ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्