गैर दलितको घरमा दलित पसेपछि १५ सय रुपैयाँले घर चोख्याईयो

गैर दलितको घरमा दलित पसेपछि १५ सय रुपैयाँले घर चोख्याईयो

 

 

गुल्मी- गत बैशाख २२ गते जिल्लाको कालिगण्डकी गाउँपालिका–५फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै १५ सय जरिवाना गराईएको छ । कालिगण्डकी गाउँपालिका–५ फोक्सिङका नेत्र काउछाको घरमा पसेको भन्दै त्यस गाउँपालिकाको कार्यपालिका सदस्य समेत रहेकी कौशिला परियारका छोरा श्याम परियारलाई १५ सय जरिवाना गराइएको थियो ।

गैरदलितको घरमा दलित पसेको भन्दै पवित्र बनाउन पुजाँपाठ गराउने भन्दै जरिवाना गरिएको पीडित परियाले बताए । फोक्सिङमा भएको जातिय विभेद्को घटनाले दलित आन्दोलनलाई चुनौति मात्र दिएन, सिङ्गो दलित समुदाय माथि नै धावा बोलेको छ । बर्षाैको संघर्ष र बलिदानीबाट संविधानमा प्राप्त हक अधिकारको खुलमखुला रूपमा घाँटी थिच्दै भएको त्यस घटनाले यतिबेला सबैको ध्यान केन्द्रित गरेको हो । एक्काईसौ शताब्दीमा पनि दिनानुदिन जातिय विभेदका घटना घट्नुले सिङ्गो दलित समुदायलाई फेरी एकपटक लज्जित बनाएको छ ।

फोक्सिङमा घटेको प्रतिनिधिमूलक त्यस घटनाले बर्षाैको आन्दोलन, वलिदानी र संघर्षबाट संविधानमा जातिय विभेद विरूद्वको अधिकार सुनिश्चित गरिएपनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको ज्वलन्त उदाहरण बनेको छ । पीडित परियार आफ्नो हजुरआमाको दाह सस्कार गरेर फर्किदै गर्दा एक्कासी हावा हुरी सहित भीषण पानी परेपछि ओतिनको लागि फोक्सिङ्गका नेत्र बहादुर काउछाको घर दलानमा छिरे । त्यही क्रममा घर बाहिर रहेको अस्थायी चुलोमा परियार मानिसहरुको पेलाम्पेल हुँदा छिर्न पुगेको बताईएको छ । अर्को दिन बिहान गाउँ कार्यपालिका सदस्य रहेकी कौशिला परियार सहितका दलितहरुलाई बोलाएर खैला–बैला मच्याईयो । पीडित श्यामको बुवा धन बहादुर परियारलाई समेत हातपात गरेको कार्यपालिका सदस्य परियारले बताईन् । ‘पीडित श्यामलाइ लौराले हान्न आएका थिए । मैले त्यसरी कुटेर होइन न्याय निसाफका कुरा गरौ भने पछि छाडेका हुन ।’ कार्यपालिका सदस्य परियारले भनिन् ।

शुरुमा ७ हजार तिर्नुपर्ने र बाहुन बोलाएर पुजाँ पाठ गरि चोख्याउने अडान काउछा परिवारले लिएको उनले बताईन् । अन्तिममा आर्थिक अवस्था कमजोर भएको कारण देखाउँदैँ १५ सयमा घर चोख्यान टुङ्गो लगाइ पैसा दिएर आफुहरु फर्केको वडा सदस्य परियारको भनाई छ । सिङ्गो दलित समुदाय नै लज्जित हुने गरी भएको त्यस घटनाप्रति जिल्लाका दलित अधिकारकर्मीहरुले आपक्ति जनाएका छन् । दलित अधिकारकर्मी गणेश विश्वकर्माले जातिय बिभेदको प्रकाष्ठ विरुद्ध कार्बाहीको माग गरे । कानुनलाई नै धज्जी उडाउँदै भएको त्यस घट्नामा जरिवाना गराउनेलाई कार्वाही गर्नुपर्ने उनले बताए ।

नेपाल दलित संघका पूर्व अध्यक्ष झविन्द्र विश्वकर्माले एक्कासौँ शताब्दीमा आइपुग्दा समेत समाजमा यस्तो घटना घट्नु लज्जास्पद् भएको बताए । नेपाल दलित मुक्ति संगठन जिल्ला सचिवालय सदस्य कृष्ण नेपालीले जरिवाना गरेको कार्य प्रति घोर आपत्ति व्यक्त गर्दै छिटो भन्दा छिटो कडा कार्वाहीको माग गरे । नेपाल दलित संघका जिल्ला अध्यक्ष लुम बहादुर सुनारले दलित समुदाय माथि नै प्रहार हुने गरी भएको त्यस घट्नालाई सामान्य रुपमा लिन नहुने बताए । त्यस घटनाप्रति घोर आपत्ति प्रकट गर्दै उनले दलितमाथि हुने जातिय विभेद सह्यको बिषय नभएको उल्लेख गरे । त्यसो त कालिगण्डकी गाउँपालिका अध्यक्ष बेद बहादुर थापाले कार्यपालिका सदस्यको छोरामाथि भएको त्यस घटनाले गाउँपालिकालाई लज्जित तुल्र्याएको बताएका छन् । ‘पीडितलाई न्याय दिलाउने पक्षमा छौँ ।’ उनले भने ‘यसप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको छ । ’ विभिन्न सभा सम्मेलनमा जातिय विभेद हटेको भन्दै ठुलाठुला भाषण गरिएपनि संविधानमा लेखिएको कानुन व्यवहारिक रुपमा कार्यान्वयनमा आउन नसक्नु दलित समुदायका लागि आकाशको फल आखाँ तरी मर भन्ने नेपाली उखान फेरी एकपटक सत्य सावित भएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij