कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकामा पहिलो पटक कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार चन्द्रौटाका तीन जनामा कोरोना देखिएको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको कोरोना परिक्षणमा २५, ३४ र ४४ बर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार थप तीन जनामा कोरोना देखिएसंगै जिल्लामा संक्रमितको संख्या जिल्लामा ४३ पुगेको छ । जिल्लाका १० स्थानीय तह मध्ये महाराजगञ्ज बाहेक सबैमा कोरोना फैलिसकेको छ ।
योसंगै नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको छ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्