बाँकेको नरैनापुर क्वारेन्टाइनमा २५ वर्षीय युवकको मृत्यु

बाँकेको नरैनापुर क्वारेन्टाइनमा २५ वर्षीय युवकको मृत्यु

बाँके -बाँकेो नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा राखिएका २५ वर्षीय एक युवाको आइतबार बिहान मृत्यु भएको छ।
भारतको मुम्बईबाट स्वदेश फर्किएका २५ वर्षीय युवकको आइतवार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए। उनलाई गाउँपालिकाले ३० बैशाखमा क्वारेन्टाइनमा राखेको थियो। यहि क्वारेन्टाइनमा रहेका आठ जनामा कोरोना संक्रमण देखिएको थियो। भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ। ती युवकमा कोरोना संक्रमण भएको आशंकामा क्वारेन्टाइनमा राखिएको थियो। कोरोना भाइरसको कुनै लक्षण नदिएका उनको आइतबार बिहान मृत्यु भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महिम खाँले जानकारी दिए। ती युवकको स्वाब परीक्षणका लागि शनिबार संकलन गरि परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएको छ। उनको स्वाब रिपोर्ट अझैँ आउन बाँकी छ। स्वाब परीक्षण रिपोर्ट नआउँदै मृत्युको कारण खुल्न नसक्ने खाँले बताए। क्वारेन्टाइनमा रहेका युवकको एक्कासी मृत्यु भएपछि नेपालगन्जबाट स्वास्थ्यकर्मी सहितको सुरक्षाकर्मी र सरोकारवाला निकायको टोली त्यसतर्फ गएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। ‘क्वारेन्टाइनमा रहेका युवकको मृत्यु भएको खबर छ, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय सहितको टोली नरैनापुरतर्फ हिँडेका छौं,’ उनले भने, स्वाब रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने छ।’

प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij