भारतीय चालकलाई ‘हेल्थ सर्टिफिकेट’ अनिवार्य गर्न समाजवादी पार्टी रुपन्देहीको सरकारसंग माग

भारतीय चालकलाई ‘हेल्थ सर्टिफिकेट’ अनिवार्य गर्न समाजवादी पार्टी रुपन्देहीको सरकारसंग माग

बुटवल

कोरोना संक्रमण भित्रिन नदिन नेपालमा सामान ढुवानी गर्ने ट्रक र कन्टेनरका चालक–सहचालकलाई निरोगिता प्रमाणपत्र (हेल्थ सर्टिफिकेट) अनिवार्य गर्न समाजवादी पार्टी रुपन्देहीले सरकारसंग माग गरेको छ । लकडाउनको समयमा पनि भारतका विभिन्न ठाउंबाट खाद्यान्न, तरकारी र फलफूल लिएर दैनिक दुई सय ट्रक र कन्टेनरमा चार सय देखि पांच सयजना भारतीय चालक र सहचालक बेलहिया नाका हुंदै नेपाल आउने गरेका छन् ।
नेपाल प्रवेश गर्ने उनीहरुको भन्सार विन्दुमा राम्रोसंग स्वास्थ्य चेकजांच नहुने र नेपालका विभिन्न जिल्लामा समुदायसम्म पुग्ने भएकाले कोरोना संक्रमणको डर भएकाले उनीहरुलाई हेल्थ सर्टिफिकेट अनिवार्य गर्न र सीमामा स्वास्थ्य जांच विश्वसनीय ढंगले गर्न समाजवादी पार्टीले माग गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादवले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थ, औषधि सहित नेपालमा उपलब्ध नहुने सामान वाहेक अन्य सामान लकडाउन अवधिभर आयात रोक्न पनि माग गरेका छन् । भारतीय चालक र सहचालकले ट्रक र कन्टेनरमा यात्रु समेत बोक्ने गरेकाले कोरोना संक्रमणको जोखिम रहेको औंल्याउंदै समाजवादीले नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंग माग गरेको छ । ‘अहिलेको, अवस्थामा अत्यावश्यक बस्तु बाहेक सामान्य अवस्थामा जस्तै निर्वाध अन्य सामाग्रीहरूको आयात तत्काल रोक्न माग गर्दछौं’–विज्ञप्तिमा भनिएको छ–‘भारतीय मालवाहक ट्रक र कन्टेनरलाई पनि भन्सार गेटमै पुर्णरुपमा सेनेटाइज गरिनुपर्छ ।’
रुपन्देहीको बेथरीमा दुईदिन अघि स्थानीयले भारतीय ट्रक र कन्टेनर नचलाउन माग गर्दै रोकेका थिए । तर प्रहरीले बल प्रयोग गरी स्थानीयलाई नै कुटपिट गरी चलाउन दिएको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij