नेपालमा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि,स‌ंक्रमितको संख्या २९५

नेपालमा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि,स‌ंक्रमितको संख्या २९५

विराटनगर

प्रदेश १ का दुई जिल्लाका गरी तीनजनामा कोरोना ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुईजना मोरङ विराटनगरका र एकजना धनकुटाका छन् । मोरङ र धनकुटामा पहिलो पटक संक्रमित देखिएका हुन् ।
उनीहरुको स्वाब नमुना परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित विराटनगरका ३६ र २९ वर्षका छन् । धनकुटाकी ३४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा स‌ंक्रमितको संख्या २९५ पुगेको छ । नेपालमा स‌ंक्रमण पुष्टि भएकामध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।

आइतबार थपिएका तीनजनासहित प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको छ । ती मध्ये उपचारपछि निको भएर १७ जनालाई डिस्चार्ज गरिएको छ । अरु कोभिड–१९ उपचार केन्द्रमा राखिएका छन् । डिस्चार्ज गरिएकालाई रानीस्थित क्वारेन्टाइनमा राखिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश १ मा संक्रमितमध्ये उदयपुरका ३३, झापाका दुई, मोरङका दुई, भोजपुरका एक र धनकुटाका एकजना छन् ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij