भारतमा एकै दिन पाँच हजारभन्दा बढी संक्रमित थपिए

भारतमा एकै दिन पाँच हजारभन्दा बढी संक्रमित थपिए

एजेन्सी
भारतमा कोरोना संक्रमितको संख्या आकासिएको छ। गत २४ घण्टामा भारतभर ५ हजार २ सय ४२ संक्रमित थपिएका छन्। यो एक दिनमा भएको हालसम्मकै उच्च वृद्धि हो। भारतमा अहिलेसम्म ९६ हजार १ सय ६९ जनामा संक्रमण देखिएको छ। संक्रमितको संख्या एक्कासि बढेपछि लकडाउन अझै कडा पारिने अनुमान गरिएको छ। विज्ञहरूले अर्थतन्त्र ध्वस्त हुनसक्ने चेतावनी दिएपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको थियो। भारतमा कोरोनाका कारण ज्यान गुमाउनेका संख्या ३ हजार २९ पुगेको छ। भारतको महाराष्ट्रमा मात्रै ३३ हजारभन्दा बढीमा संक्रमण फैलिएको छ। त्यहाँ करिब १ हजार २ दुई सयको संख्यामा मानिसको मृत्यु भइसकेको छ। पछिल्ला ६ दिनमा भारतमा संक्रमितको संख्या उकालो लागिरहेको छ। हिजो आइतबार मात्र देशभर ५ हजार १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij