कपिलवस्तु ।
संक्रमित नर्ससंग सम्पर्कमा रहेका कपिलवस्तु अस्पतलका नौ डाक्टर तथा संक्रमितका परिवारका सबै जनाको रिपोर्ट नेगेटिभ आए पछि बुधवारदेखि नै अस्पताल संंचालनमा ल्याउने तयारी गरिएको छ ।
स्बाव संकलन गरिएका १ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएकाले बन्द रहेको अस्पताल बुधवारबाट संचालन हुने भएको हो ।
अस्पतालका निमित्त मेसु डाक्टर गणेश क्षेत्रीले नर्ससंग सम्पर्कमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएपछि अस्पताललाई डिस ईन्फेक्ट गरी संचालन गरिने बताए । ‘सबैको रिपोर्ट नेगेटिभ आएकाले आवश्यक सरसफाई र डिस र्ईन्फेक्ट गरी संभवतः बुधवारदेखि नै अस्पतालका सबै सेवा सुचारु गर्नेछौ, उनले भने ।’
नर्स संक्रमित भएपछि अस्पतालमा आकस्मिक र प्रसुती सेवा बाहेक सबै सेवा बन्द छ । कोरोेनाको संक्रमण फैलन नदिन अस्पतालमा अरु सावधानी अपनाईने डाक्टर क्षेत्रीले बताए । एक सय ११ मध्ये ८८ जनाको आइतवार र २३ जनाको सोमवार रिपोर्ट आएको हो ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्