झापा- कपिलवस्तु र सुनसरीमा गरी मंगलबार कोरोनाभाइरसका १५ संक्रमित थपिएका छन्। झापामा नौ, कपिलवस्तुमा चार र सुनसरीमा दुई जना नयाँ संक्रमित थपिएका हुन्। अब कूल संक्रमितको संख्या ३९० पुगेको छ।झापा र कपिलवस्तुका संक्रमित भारतबाट आएका हुन् । झापाको सीमावर्ती कचनकवल गाउँपालिकाका नौ जना नै भारतबाट नेपाल आएका हुन् । कचनकवल गाउँपालिकामा नै सोमबार पनि एक जना संक्रमित फेला परेका थिए ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–४ का तीन र वडा नं ३ का एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । वडा नं. ४ का ४०, ४२ र ४५ वर्षका र वडा नं ३ का २० वर्षका छन् । उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टिनमा बस्दै आएका थिए ।
सुनसरीका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी र अर्का एक जना इटहरीका १८ वर्षीय युवक हुन् । संक्रमित सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्