नेपालका लागि आउँदा दिनहरू थप चुनौतीपुर्ण हुन सक्ने: स्वास्थ्यमन्त्री ढकाल

नेपालका लागि आउँदा दिनहरू थप चुनौतीपुर्ण हुन सक्ने: स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालले कोरोना महामारीको सुरूवात देखि नै उच्च राजनैतिक प्रतिबद्धताका साथ बहुपक्षीय संयन्त्र मार्फत विपदको प्रतिकार्य गरेको बताएका छन् ।

कोभिडको नियन्त्रण र रोकथाममा तीनै तहबाट गरिएका संयुक्त प्रयासहरू सराहनीय रहेको उनले बताए ।

७३ औं विश्व स्वास्थ्य महासभालाई आज सम्बोधन गर्दै मन्त्री ढकालले संक्रमितको संख्या केही दिन यता बढ्दो क्रममा रहेको र आउँदा दिनहरू थप चुनौतीपुर्ण हुन सक्ने बताए ।

स्वास्थ्यमा गरिने लगानीको महत्व र आवश्यकतालाई यस महामारीले थप पुष्टि गरेको उनको भनाई छ ।

महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीहरूको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको उनले बताए ।

मन्त्री ढकालले विश्वभरी महामारी विरूद्ध अंग्रपंक्तिमा रही निरन्तर खटीरहेका सम्पुर्ण स्वास्थ्यकर्मीहरू प्रति उच्च सम्मान व्यक्त गरे ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij