३ वर्षको बच्चासहित थप २५ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ४२७ पुग्यो

३ वर्षको बच्चासहित थप २५ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ४२७ पुग्यो

काठमाण्डौ
बुधबार थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले तीन वर्षका बच्चासहित २५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय २७ पुगेको छ । बुधबार देखिएका सङ्क्रमित तीनदेखि ४८ वर्ष उमेर समूहका छन् । सङ्क्रमितमध्ये सात जना महिला र १८ जना पुरुष छन् ।
कपिलवस्तुका ३ वर्षका बालक पनि सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेमा नरैनापुर र खजुराका गरी ६ पुरुष सङ्क्रमित भएका छन् ।

त्यस्तै धनकुटामा पाँच, कपिलवस्तुमा बालबालिका र महिलासहित १३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने नवलपरासी पश्चिममा क्वरेण्टीनमा रहेका एक जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा अहिलेसम्म ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमण कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ भने ४५ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij