काठमाडौं ।
नोभेल कोरोना भाइरसका थप तीन जना संक्रमित फेला परेका छन् ।
भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको पीसीआर परीक्षणका क्रममा तीन जनामा कोरोना पुष्टि भएको हो ।
यसअघि बिहीबार बिहान १७ जना र दिउँसो ९ जना र त्यसपछि एकजनामा कोरोना संक्रमण देखिएको थियो । बिहीबार मात्रै ३० जनामा कोरोना देखिएको हो ।
त्यसैगरी आज दिउँसो दाङका ३७ वर्षका पुरुषमा कोरोना देखिएको थियो ।
नयाँ संक्रमित थपिनेमा बाँकेको नरैनापुर गाउँपालिका-३ का ३२ वर्षीय पुरुष, खजुरा-३ की ४२ वर्षीया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाकी १९ वर्षीय किशोर रहेका छन् ।
हालसम्म कुल कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्