बुटवल
पूर्वराज्य मन्त्री नेपाली कांग्रेसका महासमिति सदस्य , दुर्योधन सिंह चौधरी को उपचारको क्रममा असामयिक निधन भएको छ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दुर्योधनसिंह चौधरी नेपाल शिक्षक संघ रुपन्देहीका पूर्व अध्यक्ष समेत हुन् ।
चौधरीको निधनले सिङ्गो नेपाली कांग्रेस क्षतिपुगेको छ ।
काँग्रेस रुपन्देहीका नेता एवम् पूर्व राज्यमन्त्री चौधरीको बुटवलको आज गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो ।उनी विगत २० वर्षदेखि मधुमेहबाट पीडित थिए । अस्पतालका अनुसार नेता थारुलाई गत वर्षदेखि मुटुमा समस्या देखिएको थियो ।
२०२८ मा कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका थारु ०४८, ०५१ र ०५६ को आमनिर्वाचन गरी तीन पटक रुपन्देही क्षेत्र नं १ बाट सांसद र ०५२, ५३ र ५७ गरी तीनपटक मन्त्री भएका थिए ।
नेपालका विभिन्न प्रजातान्त्रिक आन्दोलनमा होमिएका थारुले भारतमा निर्वासित जीवन र स्वदेशमा जेल जीवन बिताएका थिए ।
उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान गरेका थिए।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्