सामाजिक विकास मन्त्रीद्धारा इद पर्वको शुभकामना व्यक्त

सामाजिक विकास मन्त्रीद्धारा इद पर्वको शुभकामना व्यक्त

बुटवल – इस्लाम धर्मालम्वीहरुको महत्वपुर्ण पर्व इद उल फितर ईदको अवसरमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामना सन्देश दिदै सामाजिक विकास मन्त्री बरालले  पर्वले सबै नेपालीहरुको आपसी भातृत्व विकास हुने बताउनु भएको छ ।
उहाले नेपालमा धार्मिक तथा सांस्कृतीक विविधता रहको उल्लेख गर्दे पर्वहरुले सबै नेपालीहरुलाई एकतामा वाध्ने विश्वास व्यक्त गर्नु भएको छ । उहांले कोभिड १९ वाट कुनै पनि समुदाय अछुतो नरहेको बताउदै सवै मिलेर यसको सामाना गर्नुको विकल्प नभएको बताउनु भएको छ ।
’हाम्रा चाडपर्वले एकता र भातृत्वको सन्देश वोकेका छन , इस्लाम धर्मसंग सम्वन्धीत यो पर्वले सबैमा एकता उदारता प्रेम, सहिष्णुता, शान्ति सहअस्तीत्व, सदाचार कायम गर्न सफल होस शुभकामना व्यक्त गर्दछु  । ’ शुभकामना सन्देशमा उहाले उल्लेख गर्नु भएको छ ।
महिना भरी रोजा वसी रोजा खोल्ने दिन इद पर्व मनाईन्छ । आफूले  वर्ष भरीमा कमाएको रकमको २.५ प्रतिशत हुन आउने रकम गरिव तथा असाहयलाई दानगर्नु पर्ने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij