वीरगञ्जमा उपचाररत व्यक्तिको निधन कोरोनाकै कारण भएको पुष्टि, अन्तिम संस्कारपछि रिपोर्ट आयो

वीरगञ्जमा उपचाररत व्यक्तिको निधन कोरोनाकै कारण भएको पुष्टि, अन्तिम संस्कारपछि रिपोर्ट आयो

पर्सा – वीरगञ्जमा उपचाररत व्यक्तिको निधन कोरोनाकै कारण भएको पुष्टि भएको छ ।

मेकिडल कलेज शिक्षण अस्पताल कोभिड रोग उपचारका प्रमुख डाक्टर असरफ अलीले ज्यान गुमाएका व्यक्तिको परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनु भएको हो ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का ७० वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समसया आएपछि गएको २ गते उपचारका लागि बीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा उहाँको कोरोना भाइरसको सङ्क्रमण परीक्षणकालागि स्वाब संकलन भएको थियो । तर रिपोर्ट आउनु अघि नै उहाँको ज्यान गएको थियो । ज्यान गुमाएका व्यक्तिको थारु परम्परा अनुसार अन्तिम संस्कार भइसकेको  छ ।

अन्तिम संस्कारपछि उहाँको रिपोर्ट आएको हो । उहाँको गएको ४ गते ज्यान गएको थियो । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

 

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij